Close This

सडकमा पैसा फाल्ने महिला पक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१३ गते   २९१ पटक हेरिएको

कोरोना भा’इरसको त्रा’सको बेला लुकीछिपी सडकमा पैसा फालेर भागेकी एक महिलाको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुली अस्पतालमा गरिएको परीक्षणमा आरडीटी रिपोर्ट नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बलको अस्थाई वेस क्याम्प चिसापानीझोरा जाने वाटोमा ५ र १० रुपैयाको नोटहरु वाटोमा फालेर भागेपछि उनलाई पक्राउ गरी परिक्षण गरिएको हो । ‘पैसा फाल्दै हिड्ने महिला हुन् । उनको मानसिक अवस्था ठिक देखिदैन । मानसिक अवस्था ठिक नभएकाले कहाँबाट किन आएको हो भन्ने पनि खुल्न सकेको छैन । कहिले तेह्रथुम घर भन्छिन कहिले के भन्छिन् । यसैले गर्दा हामीले बास्तविक विवरण पाएका छौंनौ तर परिक्षण भने भयो । रिपोर्ट नेगेटिभ छ , उनीसँगै अरु महिलाहरु पनि छन् भन्छिन । हामी त्यो पनि खोज्दैछौं । प्रहरी उपरिक्षक सिग्देलले भन्नुभयो ’ ।

उक्त महिलाको मानसिक अवस्था ठिक नभएकाले उनलाई कुनै संस्थाहरुसँग समन्वय गरेर मात्रै पठाउने कुरा भएकाले अहिले जिल्ला प्रहरी कार्यालमै राखिने प्रहरी उपरिक्षक सिग्देलले बताउनुभयो । उनलाई परिक्षण गरेर खाना खुवाई राखिएको उपरिक्षक सिग्देलले बताउनुभयो । उनको परिचय खुली नसकेको प्रहरी नायवउपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech