Close This

थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो

पत्र पत्रिका    प्रकाशित: २०७७-२-३ गते   ३०५ पटक हेरिएको

थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बजे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परिक्षण अनुसार ६  जनामा कोभिड-19 पोजिटिभ देखिएको हो।नयाँ पुष्टि हुनेमा बर्दिया, नार्दु-११ निवासी २८ वर्षीया महिला सिराहा, सखुवा-१९ निवासी ३० वर्षीय पुरुष, पर्सा, वीरगन्ज-१२ निवासी २८, २९ वर्षीय पुरुष, सर्लाही, रामनगर४ निवासी १८ वर्षीया महिला, चितवन, गढ़ौली-१ निवासी २५ वर्षीय महिला रहेका छन् ।

हालसम्म उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।http://annapurnapost.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech