गणेश खड्का
सर्लाहीको बागमती नगरपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुका विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरु,नगरका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिईएको छ । बागमती नगरपालिकाको शिक्षा शाखाको आयोजनामा नगर भित्रका सबै २५ वटै सामुदायिक विद्यालयहरुका विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरु,नगरका जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम दिईएको नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार क्षमता विकास तालिममा सहभागी भएका सामुदायिक विद्यालयहरुका विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरुले आफुहरुले विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागि गरेका प्रयासहरु सुनाएका थिए ।
नगरका सबै २५ वटै सामुदायिक विद्यालयहरुको शैक्षिक तथा प्रशासनिक गतिविधिहरु कसरी सुधार गर्न सकिन्छ भन्ने विषय नमुना विद्यालयहरुले प्रस्तुत गरेका बागमती नगरपालिका ८ शंकरपुरमा रहेको नवजन जागरण माविका प्रधानाध्यापक बद्री पोख्रेलले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधार्न शिक्षक मात्र सुध्रिएर हुँदैन् त्यसका लागि अभिभावकहरु पनि सुध्रिन आवश्यक छ ।