पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको ईश्वरपुर नगरपालिका १३ स्थित बाँके वङ्गलमा सवारी दुर्घटना भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका १२ स्थित अमुवा पुलमा ट्रक र याेद्दा एक आपसमा ठाेकिर दुवै सवारीसाधन सडक भन्दा बाहिर पल्टिएका छन् ।
ना ६ ख ७६५२ नम्बरको ट्रक र प्रदेश २-०३-००१ च ५१६० नम्बरको याेद्दा अमुवा खाेल्सी पुलमा एक आपसमा ठाेकिएर पल्टिएका हुन।
मंगलबार बिहान करिब ८:५० बजे दुर्घटना भएको भए पनि याे समाचार तयार पार्दा सम्म दुर्घटना स्थलमा प्रहरी नपुगेका कारण विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।
नेपाली कांग्रेसकी नेतृ सांसद आर्जु राणा आउने भए पछि प्रहरीको ध्यान उनकाे स्कटिङमा लागेका कारण दुर्घटना स्थलमा प्रहरी नपुगेकाे पाईएकाे छ ।
