Close This

सिन्धुली बजारमा प्रजिअ पाण्डेद्धारा माक्स वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-९ गते   ३५६ पटक हेरिएको

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे बजार बजार माक्स बाड्दै हुनु हुन्थ्यो । शुक्रबार बिहानै माक्स बिनै सडकमा निस्किएका अधिकांस स्थानिय सहित पसल पसल पुगेरै प्रमुख जिल्ला अधिकारी सहित सु रक्षा निकायका प्रमुखले माक्स वितरण गरे ।

विश्वभर फैलिएको को रोना भा इरस नि यन्त्रण गर्नका लागि मुलुक ब न्दाबन्दीलाई नेपाल सरकारले खुल्ला गरेपनि कोरोनाको जो खिम उच् चनै रहेकाले स र्तकता अपनाउन स्थानियलाई सुझाव सहित माक्स वितरण गरिएको हो ।

पहिलो दिन हामीले माक्स निःशुल्क माक्स उपलब्ध गराएर जनचेतना जगाउने काम गरेका छौ, प्रमुख जिल्ला अधिकारीले स्थानियलाई माक्स दिदै भन्नु भयो,“ अनिवार्य माक्स लगाएर हिड्नुस माक्स नलगाएको पाइए सं क्रमण रोग ऐन अनुसार का रवाही गर्न बाध्य हुन्छौ ।”

सदरमुकाम सिन्धुलीमाढीको लोकतान्त्रिक चौतारा देखि मुख्य बजार क्षेत्र स्टलबजार, बजार प्लट नं. १ र २ का साथै धुराबजार क्षेत्रमा व्यवसायीका पसलमै पुगेर माक्स वितरण गरिएको प्रजिअ पाण्डेले जनाउनु भयो । रोगको सं क्रमण घटेको होइन, लकडाउन मात्रै खुलेको हो, उहाँले भन्नु भयो, “बजार क्षेत्रमा धेरैले माक्स नलगाएको पाइएकाले माक्स लगाउन जनचेतना फैलाएका हौ ।”

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत कोरोना भा इरस सं क्रमण वि रुद्ध जनचेतनामुलक कार्यक्रम भएकाले माक्स वितरण गरि जनचेतना फैलाउने काम भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो । उहाँले भन्नु भयो “हामीले आजैबाट माक्स वितरण गरेर जनचेतना फैलाउने काम गरेका छौ, सबै सजग हुनुपर्ने अवस्था छ ।”

जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले माक्स नलगाए आगामी दिनमा कारवाही गर्ने बताउनु भयो । माक्स लगाउने स्यानिटाइजर प्रयोग गर्ने सामाजिक दुरी कायम गर्ने जस्ता सुरक्षाका सर्तकता अपनाउनु पर्ने भन्दै लकडाउन खुलेपनि कोरोना भा इरसको जोखिम कायमै रहेको नायब उपरिक्षक खत्रीले बताउनु भयो । बजारमा माक्स वितरण गर्न सशस्त्र प्रहरी, सामुदायिक प्रहरी गैरसरकारी संघसंस्था लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech