Close This

सिन्धुलीका चार स्थानिय निकायमा कोरोना संक्रमीत सुन्य

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१८ गते   ४५ पटक हेरिएको

सिन्धुलीका चार स्थानिय निकायमा कोरोना संक्रमितको संख्या सुन्य भएको छ । जिल्लाका नाँै स्थानिय निकाय मध्य चार स्थानिय निकायमा कोरोना संक्रमितको संख्या सुन्य भएकोहो ।
कोरोना संक्रमितको संख्या सुन्य हुनेमा हरिहरपुरगढी,सुनकोसी,फिक्कल र घ्याङ्लेख गाउँपालिका रहेका जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । हरिहरपुरगढी गाउँपालिकामा हाल सम्म ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ३३ जना मध्य २ जनाको मृत्यु भएको छ भने बाकीँ ३१ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी सुनकोशी गाउँपालिकामा २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको कारण गाउँपालिकामा हाल सम्म कसैको मृत्यु भएको छैन । संक्रमण पुष्टि हुने २ सय ३९ जना नै कोरोना संक्रमण मुक्त भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यता, फिक्कल गाउँपालिकामा ३ सय ५३ जनामा दोस्रो लहरको कोरोना संक्रमण भएको थियो । संक्रमण पुष्टि भएका ३ सय ५३ मध्य ५ जनाको मृत्यु भएको छ भने बाकीँ ३ सय ४८ जना कोरोना संक्रमणमुक्त भइसकेका छन् । साथै घ्याङ्लेख गाउँपालिकामा २ सय ७ जनामा दोस्रो लहरको कोरोना संक्रमण पुष्टि भएको थियो । घ्याङ्लेख गाउँपालिकामा हाल सम्म कोरोना संक्रमणको कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । संक्रमण पुष्टि भएका २ सय ७ जनाले नै कोरोना जितिसकेका छन् ।
जिल्लाको कमलामाई नगरपालिकामा सबै भन्दा वढी संक्रमित उपचारत रहेका छन् । नगरपालिकामा ९५ जना कोरोना संक्रमित उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । नगरपालिकामा कोरोना संक्रमणको कारण २० जनाको ज्यान गएको छ । भने ७ सय ८ जना कोरोना संक्रमण मुक्त भइसकेका छन् ।
यस्तै दुधौली नगरपालिकामा ७ जना संक्रिय सक्रमित उपचारत रहेका छन् । नगरपालिकामा हाल सम्म ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने २ सय १३ जना संक्रमण मुक्त भइसकेका छन् । तीनपाटन गाउँपालिकामा ८ जना कोरोना संक्रमित उचारत रहेका छन् । गाउँपालिकामा हाल सम्म २ सय २३ जनामा संक्रमण पुष्टि भएको छ  ति मध्य २ जनाको मृत्यु भएको छ । गोलन्जोर गाउँपालिकामा ८ जना कोरोना संक्रमित उपचारत रहेका छन् । गोलन्जोर गाउँपालिकामा हाल सम्म ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्य २ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने, २ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै मरिण गाउँपालिकामा ३ जना संक्रमित उपचारत रहेका छन् । मरिण गाउँपालिकामा हाल सम्म ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती मध्य ४ सय ५७ जना संक्रमणमुक्त भएका छन् भने, ५ जनाले ज्यान गुमाएका जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech