सर्लाहीका प्र.जि.अ यादव र प्रहरी उपरिक्षक सुवेदीको सरुवा

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-६-२५ गते   ५०५ पटक हेरिएको

सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा भएको छ ।नेपाल सरकार गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीको सरुवा गरेको हो । प्रमुख जिल्ला अधिकारी यादवलाई जिल्ला प्रशासन कार्र्यालय इलाम सरुवा गरिएको छ भने प्रहरी उपरिक्षक सुवेदीलाई प्रहरी प्रधान कार्यालय काज फिर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमाललाई जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरूवा गरिएको छ भने प्रहरी प्रधान कार्यालयका प्रहरी उपरिक्षक प्रविण धिताललाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदी सर्लाही प्रमुख भएर आएको केहअी दिनदेखि नै प्रहरी प्रधान कार्यालय मै फिर्ता जान प्रयासरत थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech