सर्लाहीको लालबन्दी नगरपालिका बाट करिब २५ किलो प्रतिवन्धित लागू औषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।लालबन्दी नगरपालिका १३ पत्थरकोटबाट लालबन्दीतर्फ आउदै गर्दा लालबन्दी नगरपालिका ८ खतिवडा चोक नजिकैबाट करिब २५ किलो प्रतिवन्धित लागू औषध गाँजासहित लालबन्दी नगरपालिका १४ कामिटारका अन्दाजी वर्ष २० का सन्ते ब्लोनलाई करिब २५ किलो प्रतिवन्धित लागू औषध गाँजासहित ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बाग्मती प्रदेश –०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा करिब २५ किलो प्रतिवन्धित लागू औषध गाँजासहित ब्लोनलाई पक्राउ गरिएको हो।उक्त मोटरसाईकलमा सवार दुई जना मध्य एक जना प्रहरी देख्ना साथ भागेका र अर्का एकजना ब्लोन पक्राउ परेका हुन्। फरार भएका अर्का मानिसको खोजी जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।