का.स.मु.मा बरहथवा प्रथम र चन्द्रनगर गाउँपालिका अन्तीम

195 Shares

सर्लाहीका २० वटा स्थानीय तहहरुमध्ये कार्यसम्पादन मूल्यांकनमा बरहथवा नगरपालिका जिल्ला कै पहिलो भएको छ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मुल्याङ्कन नतिजा अनुसार बरहथवा नगरपालिका ६४ दशमलव ३९ अंक प्राप्त गरी कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै प्रथम बनेको हो। यस्तै,चन्द्रनगर गाउँपालिका सर्लाहीका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका मध्य सबैभन्दा अन्तिममा रहेको छ।चन्द्रनगर गाउँपालिकाले ३५ दशमलव १६ अंक प्राप्त गरेको छ।
आयोगको तथ्यांक अनुसार हरिवन नगरपालिकाले ६२ दशमलव २,हरिपुर नगरपालिकाले ६१ दशमलव १९,कोडैना गाउँपालिकाले ५९ दशमलव २०,बागमती नगरपालिकाले ५८ दशमलव २१,लालबन्दी नगरपालिकाले ५७ दशमलव २३,बिष्णु गाउँपालिकाले ५४ दशमलव ३५, धनकौल गाउँपालिकाले ५३ दशमलव ३७ र चक्रघट्टा गाउँपालिकाले ५१ दशमलव ८१ अंक प्राप्त गरेका छन्।
यस्तै,बलरा नगरपालिकाले ५० दशमलव २७,मलंगवा नगरपालिकाले ४९ दशमलव २५, ईश्वरपुर नगरपालिकाले ४६ दशमलव ८३,पर्सा गाउँपालिकाले ४६ दशमलव ८,बसबरिया गाउँपालिकाले ४५ दशमलव ६१,ब्रहम्पुरी गाउँपालिकाले ४४ दशमलव ५१,गोडैता नगरपालिकाले ४३ दशमलव ९६,हरिपूर्वा नगरपालिकाले ४२ दशमलव ८०,कविलासी नगरपालिकाले ४२ दशमलव ३६ र रामनगर गाउँपालिकाले ४० दशमलव ५३ अंक प्राप्त गरेका छन्।
स्थानीय तहका हकमा १७ सूचकमा मूल्यांकन गर्दै आइरहेको छ।१० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको,असार मसान्तभित्र बजेट पास गरे/नगरेको,आर्थिक वर्ष २०८१/०८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क,मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत राजश्व रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको विषयलाई आयोगले मूल्यांकनको सूचकमा राखेको छ।
यस्तै,आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको,राजस्व परिचालन,बजेट खर्चको अवस्था,बेरुजु सुत्र सफ्टवेयर प्रयोग,विद्यार्थी भर्ना दर,कक्षा ९ मा विद्यार्थी टिकाउ दर, चार पटक गर्भ चेक गर्ने महिलाको अनुपात,स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, एसइईको परीक्षाको नतिजा र बालबालिकाको खोपको अनुपात आदीलाई आयोगले मूल्यांकनको आधार मान्ने गरेको छ।

सम्बन्धित समाचार