व्यक्तिको निजी जग्गामा सरकारी भवन निर्माण

2.3k Shares

सर्लाहीको मलंगवा नगरपालिका ३ मा स्वास्थ्य चौकीको भवन ब्यक्तिको नाममा रहेको नम्बरी जग्गामा निर्माण भइरहेको भन्दै निर्माण कार्य हाललाई रोक्न भनी जिल्ला अदालत सर्लाहीले दिएको आदेशको अवज्ञा गर्दै निर्माण कार्य जारी राखेको भन्दै जग्गा धनीले आपत्ती जनाएको छ ।
मलंगवा नगरपालिका ३ का जग्गा धनी स्थानीय मजदा खातुनले आफ्नो नाममा रहेको किता नम्बर २८६ को जग्गामा पर्ने गरि वडा स्वास्थ्य चौकी र धर्मशालाको निर्माण कार्य गरिरहेको भन्दै सर्लाही जिल्ला अदालतमा वडाध्यक्ष राम कैलास साह विरुद्ध मुद्धा दिएको अखालतले बताएको छ । जग्गा कब्जा अतिक्रमण खिचोला छोडाइ निर्माणाधीन घर टहरा भत्काई पाउँ भनी मुद्दा दिएको र सो मुद्दा उपर पुनर्विचार गर्र्नेे गरी कुनैपनि किसिमको निर्माण कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा जिल्ला अदालतले जारी गरेको अन्तरकालिन आदेशको अपहेलना गर्दै निर्माणकार्य जारी राखेको जग्गा धनी खातुनले बताएउनु भएको छ ।
जिल्ला अदालतले गरेको अन्तरिम आदेशको विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाही र मलंगवा नगरपालिका ३ को कार्यालयलाई समेत लिखित जानकारी गराइ सकेको खातुनले बताएकी छन । मुलुकी देवानी कार्यविधि सहिंता २०७४ को १५६ बमोजिम अदालतले सो निर्णय गरेको भएपनि अदालतकोे न्यायोचित फैसला तथा अन्तरिम आदेशको अपहेलना भएको पाईएको कानुन व्यवसायीको भनाई छ ।

देशमा स्थानीय सरकार आएदेखि जनप्रतिनिधिहरुद्वारा खुलेआम कानुनको धज्जि उडेको देख्ने र सुन्ने गरिएको कानुन व्यवसायीले बताएका छन ।

सम्बन्धित समाचार