सरकारी सवारीसाधन बचाउदै सुचना लुकाउदै सर्लाही प्रहरी

852 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित पुर्व पश्चिम राजमार्गमा सरकारी सवारीसाधनकाे ठक्करबाट एकजना माेटरसाईकल यात्री घाईते भएका छन् । 
लालबन्दी नगरपालिका १ नवलपुर स्थित पुर्व पश्चिम राजमार्गमा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी चढ्ने बागमती प्रदेश ०१-००२ झ ६५७७ नम्बरकाे ल्याण्ड क्रुजर प्राडाेकाे ठक्करबाट मधेश प्रदेश ०३-०२८ प ३६८५ नम्बरकाे माेटरसाइकलमा सवार दुईजना मध्य एक जना घाईते भएका छन् । 
 आईतबार दिउँसो दुर्घटना भएको भए पनि ईलाका प्रहरी कार्यालय लालबन्दीले साे विवरण गाेप्य राखेकाे छ । उसले सामान्य घाईते भएका र मिलेर गएका भन्दै सरकारी सवारीसाधनकाे बचाउ गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुलाई साेध्दा  उनले पनि सरकारी सवारीसाधनकाे बचाउ गरे र सुचना दिएनन् ।
प्रहरी नायव उपरीक्षक पंजियार सर्लाही प्रहरी प्रवक्ता भएर आएदेखि नै सुचना लुकाउने काममा लागेछन् ।
भने  लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारी चढ्ने बागमती प्रदेश ०१-००२ झ ६५७७ नम्बरकाे ल्याण्ड क्रुजर प्राडाे तिव्रगतिमा सञ्चालन हुने गरेकाे भनी पटक पटक गुनासाे आउने गरेकाे थियाे ।

सम्बन्धित समाचार