ईश्वरपुर ५ सखुवनीमा सवारी दुर्घटना हुँदा पैदल यात्री सहित छ जना घाईते

535 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ५ स्थित फुलजोर बयलवास सडक खण्डमा बुधबार दिउँसो करिब ४ बजे सवारी दुर्घटना हुँदा छ जना घाईते भएका छन् ।फुलजोर बयलवास सडक खण्डको इश्वरपुर नगरपालिका ५ स्थित सखुवनीमा फुलजोरबाट बयलवास तर्फ जाँदै गरेको बिआर ३० एजे ७६४० नम्बरको मोटरसाईल र सोही दिशा तर्फ जाँदै गरेको साईकल एक आपसमा ठोक्किदा मोटरसार्यकल तथा साईकलमा सवार र पैदलयात्री गरी छ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटनामा साईकल चालक सर्लाहीका ईश्वरपुर नगरपालिका ५ की अन्दाजी वर्ष १४ की सुसिता कुमारी राम,सोही साईकलमा सवार सोही स्थानकी अन्दाजी वर्ष २२ की इन्दु राम,मोटरसाईकलका चालक इश्वरपुर नगरपालिका १५ का अन्दाजी वर्ष २५ का रंजित राम र सोही मोटरसाईकलमा पछाडि सवार सोही स्थानका अन्दाजी वर्ष २१ का रोहन राउत घाईते भएका हुन ।
त्यसैगरी, पैदल यात्रीहरुमा सोही स्थानका अन्दाजी वर्ष १० की रानी महतो र अन्दाजी वर्ष ४५ की सरिता मण्डल समेत घाईते भएकी प्रहरीले जनाएको छ ।दुर्घटनामा सामान्य चोट पटक भएका घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेका छ,भने मध्यम खालका दुई जना घाईतेको लालबन्दी मोडेल अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संग्लग्न सवारी साधन ईलाका प्रहरी कार्यालय बयलवास,केशरगन्जको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार