चलचित्र “मेयर”को छायांकन ५१ दिनमा सकियो

555 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापालाई लक्षित गरेर निर्माण हुन लागेको चलचित्र “मेयर”को छायांकन ५१ दिनमा सकिएको छ।काठमाडौंको मल्ल होटेलबाट फागुन १६ गतेदेखि सुरु भई बैशाख ७ गते ५१ दिनमा चलचित्रको छायांकन सकिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए ।  
उनका अनुसार बागमती नगरपालिकाले शिक्षा,स्वास्थ्य,रोजगारी,पुर्वाधार,सुशासन र पर्यटनका क्षेत्रमा गरेका कामहरु समेटेर ५१ दिनमा चलचित्र“मेयर”को छायांकन गरिएको हो।देश संघिय संरचनामा गई भएको पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा थापाको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुले गरेका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर चलचित्र“मेयर”को छायांकन काठमाडौंसँगै,सर्लाही र सिन्धुलीमा भएको हो । 
ाज्यले दिएको कुनैपनि सेवा सुविधा नलिएका नगर प्रमुख थापाको टिमले पहिलो कार्यकालमा बागमती नगरपालिकालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न करिब एक दर्जन नगर गौरबका योजनाहरु अघि सारेर अहिले पनि काम गरि रहेको नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।
“यो पटक हामीले अपेक्षा गरेभन्दा पनि ठूलो क्राउडमा चलचित्र“मेयर”को छायांकन गरेका छौँ ।एउटै सिन ११ हजारभन्दा धेरैको क्राउडमा खिचेका छौँ,” निर्देशक खनालले भने,“राजनीतिक विषयको चलचित्रमा यति धेरै क्राउड नेपाली चलचित्रमा पहिलो पटक देखिने छ ।यसले चलचित्रलाई विश्वस्नीय बनाउन थप मद्धत गरेको छ ।”निर्देशक खनालले बताए ।
चलचित्रको मुख्य भूमिकामा खगेन्द्र लामिछाने र वर्षा राउत रहेका छन्,भने अर्पण थापा,अनुप बराल,दिव्य देव,प्रकाश घिमिरे,हरिहर शर्मा,ऋचा शर्मा,रवीन्द्र झा,अर्विशा थापा,सञ्जोग रसाइली,आशान्त शर्मा,प्रभाकर न्यौपाने र झकेन बिसीलगायतको अभिनय रहेको छ ।यो चलचित्रबाट निर्माताको रूपमा श्रृष्टिमाँ खनाल र कलाकारको रूपमा अर्विशा थापाले डेब्यु गरेका छन् ।
चलचित्र“मेयर”को कथा सर्लाहीको वागमती नगरपालिकाका नगर प्रमुख थापाको नेतृत्वमा रहेका जनप्रतिनिधिहरुले गरेका विकास निर्माणका कामहरुका साथै नगर प्रमुख थापाको संघर्षलाई आधार मानेर तयार पारिएको छ।चलचित्रको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
बागमती नगरपालिका ४ र १२ मा दक्षिण यसिया कै सबै भन्दा ठूलो मानव निर्मित बागमती माछा पोखरी(भरत ताल) निर्माणाधिन अवस्थामा छ भने करिब पाँच बिघामा फनपार्क निर्माणाधिन अवस्थामा रहेको छ ।यता,करिब एक सय २८ बिघामा नगर बगैँचा निर्माण भएको छ।नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक तथा भौतिक सुधार,स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्नुका साथै स्थानीय बेरोजगार युवाहरुलाई रोजगारी सृजना गरेको छ ।
आफूले पर्यटकीय नगरीको रुपमा विकास गर्न चालेका सबै कदम अबको दुईदेखि तीन वर्षमा पूरा भएपछि करिब २० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने नगर प्रमुख थापाले बताए ।उनले यीनै विषयलाई समेटेर देशभरका अरु सात सय ५२ वटै स्थानीय निकायहरुका मार्ग दर्शन बनोस भनेर चलचित्र“मेयर”निर्माण भएको हो ।

सम्बन्धित समाचार