सर्लाही बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतकुमार थापासहित छ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।निलम्बित नगर प्रमुख थापा,उप प्रमुख लीला कुमारी मोक्तान,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत छ जना विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी,गलत प्रतिवेदन तथा गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी मंगलबार(आज) विशेष अदालतमा आरोप–पत्र दायर भएको हो ।
बागमती नगरपालिका ४ र १२ मा अवस्थित बागमती माछा पोखरी (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा,गिटी,वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको उजुरीमा उल्लेख गरिएको अख्तियारले जनाएको छ ।अख्तियारले उजुरी उपर अनुसन्धान गर्दा आपसी मिलेमतोमा बदनियत राखी संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा सागरनाथ वन विकास परियोजना र संघीय सरकारको स्वीकृत विना अनाधिकृत रुपमा माछा पोखरी निर्माणको लागि भनी ढुंङ्गा,गिट्टी,बालुवा(वन पैदावार)उत्खनन् गर्नको लागि प्रारम्भिक वातावरणिय परीक्षण प्रतिवेदन (आइइई )स्वीकृत भएको भन्ने गलत लिखत तयार गरी–गराएको अनुसन्धानबाट खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाहेरगरेको उजुरीमा उल्लेख गरिएको छ ।
बागमती नगरकार्यपालिकाबाट उक्त माछा पोखरीको डिपिआर तयार गरेको देखाई बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरु योजना स्वीकृतसमेत नगरी÷नगराई,बागमती नदीको वहाव प्रयोग गर्न स्वीकृति नलिई माछा पोखरी (भरत ताल)निर्माण गर्ने भनी परियोजना अन्तर्गतको वन क्षेत्रमा उक्त परियोजना÷नेपाल सरकारको स्वीकृत नगराएको अनुसन्धानबाट खुलेको छ ।
बागमती नगरपालिकाले बागमती माछा पोखरी–१ बाट १७ लाख ८८ हजार दुई सय ६४ दशमलव १८ घनमिटर र बागमती माछा पोखरी–२ बाट २१ लाख ८४ हजार नौ सय २७ घनमिटर वन पैदावार (नदीजन्य पदार्थ)गरी कुल ३९ लाख ७३ हजार एक सय ९१ दशमलव १८ घनमिटर (बल्किङ बाहेक) उत्खन्न गरेको र बल्किङ सहित गणना गर्दा हुने जम्मा उत्खनन् परिमाण ४७ लाख दुई सय ८५ दशमलव १६ घनमिटर नदीजन्य पदार्थमध्ये बागमती नगरपालिकाबाट बिक्री भएको परिमाण सात लाख ५२ हजार नौ दशमलव २० घनमिटर, आयोजनामा प्रयोग भएको परिमाण सात लाख ५० हजार एक सय ४३ दशमलव १९७ घनमिटर र भण्डारणमा रहेको परिमाण १८ लाख ५७ हजार सात सय १२ दशमलव २७ घनमिटर सहित जम्मा परिमाण ३३ लाख ५९ हजार आठ सय ६५ दशमलव २७ ( बल्किङ सहित) घनमिटर मात्र खर्च तथा मौज्दात रहेको देखिई नपुग हुने वन पैदावार (नदीजन्य पदार्थ) जम्मा ३३ लाख ४० हजार चार सय १९ दशमलव ८९(बल्किङ सहित) घनमिटर परिमाण हानि नोक्सानी,दुरुपयोग गरे÷गराएको पुष्टि भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।
परियोजना अन्तर्गतको वन क्षेत्रमा रहेको वन पैदावार (नदीजन्य पदार्थ) उक्त परियोजना नेपाल सरकारको स्वीकृत बिना बागमती नगरपालिकाले बागमती माछा पोखरीबाट उत्खनन् गरेको उल्लेखित नपुग परिमाणको हुन आउने रु २६ करोड ८० लाख ८३ हजार नौ सय ८० हानि नोक्सानी गरे÷गराएको पुष्टि भएको र उक्त हानि नोक्सानी गरेको रकममा मूल्य अभिवृद्धि कर १३ प्रतिशतले हुन आउने तीन करोड ४८ लाख ५९ हजार १७ रुपैयाँ ४० पैसा समेत गरी जम्मा ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा नेपाल सरकार÷प्रदेश सरकार÷स्थानीय तह÷सार्वजनिक संस्थाको सम्पत्तिको हिनामिना,दुरुपयोग गरी÷गराई भ्रष्टाचार निवारण ऐन,२०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको अख्यिारको विज्ञप्तीमा उल्लेख छ ।
बागमती नगरपालिकाका हाल निलम्बित नगर प्रमुख थापा ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ वमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवम गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ।
यस्तै,बागमती नगरपालिकाकी नगर उपप्रमुख मोक्तान ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा सहित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ वमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा घ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवम गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको छ ।
बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेललाई ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा सहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ वमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवम गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको छ ।
बागमती नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ वमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवम गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको छ ।
बागमती नगरपालिकाका तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा सहित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १७ वमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम विगो असुल उपर हुन एवम गलत लिखत तयार गर्ने कार्य गरेको हुँदा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायसमेत हुन साथै भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ उपदफा (२) बमोजिम कैद र जरिवानाको सजायसमेत हुन मागदाबी लिइएको छ।जिल्ला समन्वय समिति,सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाका नगर प्रमुख थापाविरुद्ध यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भईसकेको छ।सोही मुद्दापछि थापा निलम्बित भएका छन् ।नगर प्रमुख थापा २०७४ साल असोज ७ देखि २०७९ माघ २९ सम्म बागमती नगरपालिकाको नगर प्रमुख रहँदाको अवधिमा उनले सार्वजनिक पदको दुरुपयोग गरी रु पाँच करोड ३३ लाख ५३ हजार एक सय ८९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।त्यहीअनुसार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले उनी अघिल्लो कार्यकालमा नगर प्रमुख हुँदाको अवधिको सम्पत्ति समेत छानबिन गरेको थियो।नगर प्रमुख थापाले सेवा प्रवेश गर्नुअघिको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैंक मौज्दात रकम,निजले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात प्राप्त गरेको पारिश्रमिक बचत आय,निजको श्रीमतीको पारिश्रमिक बचत आय,बैठक भत्ता,विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण÷कर्जा आय,जग्गा बिक्री आय,कम्पनी आय र कृषि आयसमेत गरी जम्मा रु सात करोड ८६ लाख ५० हजार दुई सय एक रुपैयाँ ४८ पैसा मात्र वैधानिक रहेको आयोगको ठहर छ ।
तर यो अवधिमा उनकोले गरेको खर्च,लगानी र बैंक मौज्दात रु १३ करोड २० लाख तीन हजार तीन सय ९१ रुपैयाँ १४ पैसा देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।“कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा निजको आयस्रोत र आर्जन गरेको सम्पत्तिबीच तादाम्यता नदेखिएको रु पाँच करोड ३३ लाख ५३ हजार एक सय ९१ रुपैयाँ ६६ पैसा बराबरको सम्पत्ति ऋणात्मक देखिएकोले बागमती नगरपालिकाको नगर प्रमुख थापाले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको”आरोप पत्रमा उल्लेख छ ।
नगर प्रमुख थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट उनको एकासगोलका परिवारका सदस्यहरूले जोडेको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि रेश्मी कुमारी घिमिरे(थापा),भाई राम कुमार थापा र भाई बुहारी द्वारिका राउतलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।नगर प्रमुख थापा देशभरका नगर प्रमुखहरु मध्य यस अघिको विभिन्न सुचचाँकबाट गरिएको अध्यायनबाट उत्कृष्ट पाँचौ नगर प्रमुखको रुपमा घोषणा भएका थिए ।