उद्योग बाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष लालबन्दी-बर्दिवास कृषि बजार विकास समितिकाे सभापतिमा मनोनयन हुनु भएको हाे ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको लालबन्दी - बर्दिवास कृषि बजार विकाश समितिको कृषि ब्यापार सम्बन्धि कार्यहरुमा सम्वन्वयकारी भूमिका प्रदान गरि व्यवसाय तथा व्यवसायीहरुको समष्टिगत विकाशको लागि जाेशीलाई सभापतिमा मनाेनयन गरिएको हाे ।
संघिय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका साथै विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्न सक्ने जाेशीमा सम्भावना रहेका कारण सभापतिमा मनाेनयन गरिएको नेपाल उद्योग बाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले बताए । जाेशी उद्योग बाणिज्य संघ लालबन्दीकाे अध्यक्ष हुँदा नगर भित्रका व्यापारी,व्यावसायीहरुकाे हितमा धेरै काम गर्नुका साथै उद्योग बाणिज्य संघ लालबन्दीकाे भवन निर्माणकाे काम गरेका थिए ।