Close This

लालबन्दीमा २० वेडको आइसेलेसन वार्ड बन्दै,११ वेडको आईसोलेसन तयार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-३० गते   ३९९ पटक हेरिएको

जिल्लामा निरन्तर कोरोना संक्रमित बढन थालेपछि संक्रमितलाई उपचार गर्न आइसोलेसनको अभाब हुन नदिन स्थानिय निकायहरुले धमाधम आइसोलेसन वार्डको निर्माण सुरु गरेका छन ।जिल्लाको मलंगवा नगरपालिका,हरिपुर नगरपालिका,हरिवन नगरपालिका लगायतका नगरपालिकाहरुले आइसोलेसन वार्ड निर्माण गरि सकेका छन भने लालबन्दी नगरपालिकाले आइसोलेसन वार्ड निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
लालबन्दी नगरपालिका १ को कृर्षि सामाग्री कम्पनी लिमिटेडको भवनमा  करिब ६ लाखको लागतमा २० वेड क्षमताको आइसोलेसन वार्ड निर्माण कार्य अन्तीम चरणमा पुगेको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो । ११ वटा आईसोलेसन वार्र्ड तयार भई सकेको र बाँकी ९ वटा आईसोलेसन वार्ड बनाउने काम अन्तीम चरणमा पुगेको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र कुमार खतिवडाले जानकारी दिनु भयो ।
 जिल्ला अन्य स्थानियनिकायहरुले पनि आईसोलेसन वार्ड निर्माण गर्ने कार्यलाई तिब्रता दिएका र सम्बन्धीत स्थानिय तहमा देखा परेका कोरोना संक्रमितलाई आफ्नै स्थानिय निकायले निर्माण गरेको आइसेलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो ।
विश्व स्वास्थ सङगठनको मापदण्ड अनुरुप निर्माण कार्य शुरु गरिएको आइसोलोसनमा संक्रमितले प्रयोग गर्ने शौचालय, बेड लगायतका कुरा ध्यानमा राखी आइसेलेसन वार्ड निर्माण शुरु गरिएको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । जिल्लाकै सुविधा सम्पन्न र विश्व स्वास्थ सङगठनको मापदण्ड अनुसारको क्वारेन्टाईन निर्माण गरेको नगरले मापदण्ड अनुसार कै आइसोलेसन वार्ड निर्माणको काम प्राथमिकताका साथ गरि रहेको नगरपालिकाले जनाएको छ ।
११ नगरपालिका र ९ गाउँपालिका रहेको जिल्लामा अहिले सम्म ४ सय १३ जनामा कोरोना संक्रमण भएको भएपनि लालबन्दी नगरपालिका अहिले सम्म सुरक्षित अर्थात कोरोना संक्रमित नरहेको एक मात्र स्थानिय निकाय रहेको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो । नगरलाई कोरोना संक्रमित सुन्य नगरपालिका बनाई राख्ने विषयमा नगरपालिका संवेदनशिल भएर लागेको नगर प्रवक्ता एवम वडा नम्बर ८ का वडा अध्यक्ष राजन कुमार श्रेष्ठले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech