हरिवन ९ मा रहेको मानव सेवा आश्रमलाई हरिवननगरपालिकाद्धारा करिब १० लाख नगद सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१९ गते   २८० पटक हेरिएको


सर्लाहीको हरिवन नगरपालिका ९ मा रहेको मानव सेवा आश्रमलाई नगद सहयोग प्राप्त भएको छ । हरिवन नगरपालिकाले मानव सेवा आश्रमलाई रु ९ लाख ५८ हजार ९ सय ७४ रुपैंया सहयोग  गरेको हो ।  
हरिवन नगरपाकिला ९ नयाँरोडमा रहेको आश्रमलाई हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईंले नगद सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव युवराज आर्चायले जानकारी दिनु भयो ।
 उहाँका अनुसार नगर प्रमुख प्रसाईले आश्रमकी व्यावस्थापक सम्झना अधिकारीलाई नगद सहयोग हस्तान्तरण गर्नु भएकोहो । नगरपालिकाले आश्रमका लागि रु १० लाख  छुट्टयाएपनि भ्याट काट्दा  गर्दा रु ९ लाख ५८ हजार ९ सय ७४ रुपैंया आश्रमले पाएको  नगरपालिकाले जनाएको छ ।
नगद सहयोग हस्तान्तरण कार्यक्रममा हरिवन नगरपालिकाकी उप–प्रमुख रेणुका पौडेल, सशस्त्र प्रहरी सुरक्षा वेश बल १० नम्बर हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक  भरत खनिया, हरिवन नगरपालिका  ९ का वडाध्यक्ष सिताराम पोखरेल, हरिवन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान लगायतको उपस्थितीमा हरिवन नगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको हो । मधेश प्रदेश स्तरीय आश्रममा विभिन्न जिल्लाका ६० जना भन्दा बढी अभिभावक विहिन सडक मानव, बेसहारा लगायतलाई आश्रय दिएर राखिएको आश्रमकी व्यावस्थापक अधिकारीले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech