१२ वटा स्थानिय निकाय जितेको काँग्रेस प्रतिनिधिसभा सदस्यमा सुन्य,समानुपातिका पहिलो

1.2k Shares

सर्लाहीका २० मध्ये १२ वटा स्थानिय नियकामाआफ्नो जित हासिल गरेर जिल्लाको सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा कुनै पनि सिट हात पार्न सकेन ।
स्थानीय निकायको निर्वाचन २०७९ बैशाख ३० मा जिल्लाका १२ स्थानिय नियकामा विजयी बनेर सबैभन्दा ठूलो दल बनेको कांग्रेसले गठबन्धनका दलहरुबीच सिट बाँडफाँड गर्दा जिल्लाका ४ मध्ये एउटा क्षेत्र मात्रै पाएको थियो ।जिल्लाको क्षेत्र नम्बर ४ मात्रै पाएको कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा एक सिट पनि जित्न नसकेको हो ।
भरखरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर ४ मा  नागेन्द्र कुमार यादवलाई उम्मेदवार बनाएको नेपाली कांग्रेसले जित निकाल्न सकेन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका डा. अमरेश कुमार सिंह सो क्षेत्रबाट विजयी भए । स्वतन्त्र उम्मेदवार डा.सिंहले सक्ता गठबन्धनका साझा उम्मेदवार यादवलाई पराजित गर्दा कांग्रेसले जिल्लामा पाएको एउटा क्षेत्रमा पनि गुमाएको छ ।
जिल्लाको क्षेत्र नम्बर ४ मा सक्ता गठबन्धनसँग पर्याप्त मत हुँदाहुँदै पनि गठबन्धनका साझा उम्मेदवार यादव,डा.सिंहसँग १ हजार ७ सय ६४ मतान्तरले पराजय भए । कांग्रेसको मत डा.सिंहले काट्दा र नेकपा(माओवादी केन्द्र)को मत सक्ता गठबन्धनकै बागी उम्मेदवारलाई जाँदा यादव चुनावमा पराजित भएका नेपाली कांग्रेस सर्लाहीका नेता प्रमोद बरालले बताए ।
माओवादी केन्द्रका नेता शिवपुजन रायले गठबन्धनका उम्मेदवार यादव विरुद्ध आफ्नी छोरी मधुमाला कुमारी रायलाई उम्मेदवार बनाएपछि डा.सिंहलाई क्षेत्र नम्बर ४ मा निर्वाचन जित्न सजिलो भएको नेपाली कांग्रेसका नेता प्रशान्च आचार्यले बताए ।
प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का राम प्रकाश चौधरी,क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी(नेसपा)का महिन्द्र राय यादव  नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह हंसिया हथौडाबाट र क्षेत्र नम्बर ३ मा नेकपा(एमाले)का हरिप्रसाद उप्रेती विजयी भएका छन् ।

सम्बन्धित समाचार