Close This

जनकपुरलाई शाकाहारी बनाउन पुर्व मेयर मिश्रको प्रदेश प्रमुख डा.झासंग माग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-६ गते   १८५ पटक हेरिएको

 प्रदेश २ का प्रदेश प्रमुख राजेश झा’अहिराज’ प्रदेशका सामाजिक अगुवाहरुसंगको भेटघाटमा व्यस्त रहनुभएको छ । स्वच्छ र ईमानदार छवि भएका नयाँ पूस्ताका विक्ष्लेषककोरुपमा परिचित डा झा अहिलेप्रदेशका सामाजिक अगुवाहरुसंगको भेटघाटमा व्यस्त रहनु भएको हो ।
ईमान्दार नेताका रुपमा परिचित राजदेव मिश्र (बाबा) लाईप्रदेश प्रमुख डा.झाले भेट्नु भयो । जनकपुरमा वडा अध्यक्ष देखी मेयर सम्म बनेका राजदेवलाई डा.झालेघरैमापुगेर भेट्नु भएको हो । पंचायतकाल देखी प्रजातन्त्र सम्मको यात्रामा मिश्रले आफ्नो छवि एक ईमान्दार नेताको रुपमा परिचित गराउनु भएकोथियो । प्रदेश प्रमुख झा उहालाई भेटन भनेर जनकपुर ४ स्थित उहाँको आफ्नै निवाश पुग्नु भएको हो ।
पच्छिलो समय सिकिस्त विरामी भएर लामो समय अस्पतालमैं बिताउनु भएका बुबालाई भेटन आउछु भनेर थुप्रै पटक प्रदेश प्रमुख डा.झाले इच्छा जाहेर गर्नु भएको मिश्रका छोरा घनश्याम मिश्रले बताउनु भयो । ‘बिहान एक्कासि म आउदै छू , तपाईको बूबालाई भेटन घरमा ‘भनेर फोन आयो उहाँले बताउनुभयो ।‘ उहाँलाई घर आउन र बूबालाई भेटन पहिले देखी मन लागेको थियो । समय नमिलेका कारण आउन पाउनु भएको थिएन । आज आउनुभयो । मिश्रले बताउनु भयो ।
प्रदेश प्रमुख डा. झा बिहान ९ बजे विद्यापति चौक स्थित आनंद नगरमा रहेको सामान्य घर पुग्दा स्थानीयको भीड़ नै लागेको थियो । बाबा तपाईको अंतिम इच्छा के छ ?प्रदेश प्रमुख डा.झाको यो प्रश्नमा बयोबृद्ध बाबाको जाबाब थियो ‘ म जनकपुरधामलाई रामायणकालीन मिथिलाको रूपमा हेर्न चाहन्छु ।’
प्रदेश प्रमुख डा.झाले बाबा राजदेवसंग जनकपुरको वस्तुस्थिति , उहाँको राजनीतिक जीवन , जनकपुरधामलाई आधुनिक जनकपुर बनाउने विषयका बारेमा छलफल भयो । त्यसका लागि यस जनकपुरको परिक्रमा क्षेत्र भित्र मासुमंस र मद्यपान बिक्री बितरण बन्द गर्न राजदेवले प्रदेश प्रमुख डा.झासंग आग्रह गर्नु भयो ।
मिश्रको स परिवारसंग भेटघाट गरि प्रदेश प्रमुख डा.झा फर्किनु भयो । पछिल्लो समय प्रदेश प्रमुख डा.झाले प्रदेशका पुराना पाका लव्धप्रतिष्ठित समाजका गन्यमान्य सामाजिक एवम राजनितिक व्यक्तित्वहरुसँगको भेटघाटमा व्यस्त रहनु भएको छ । भेटघाटमा उहाँले व्यक्तिगत तथा समसामयिक सामाजिक तथा राजनितिक भेटघाटलाई तिव्रता दिनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech