पाँच दलिय गठबन्धनद्धारा हरिवन ९ र १० मा चुनावी भेला सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२८ गते   २०५ पटक हेरिएको

बाम लोकतान्त्रिक गठबन्धनले सर्लाहीको हरिवन नगरपालिका ९ र १० को भेला सम्पन्न गरेको छ । पाँच दलिय गठबन्धनका साझा उम्मेदवार सर्लाही ३ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा(माओवादी केन्द्र)का नरेन्द्र साह (गोलाकार भित्रको हँसिया हथौडा) र सर्लाही ३(क) बाट प्रदेश सभा सदस्य पदमा नेकपा(एकिकृत समाजवादी)पार्टीका डिल्ली प्रसाद उप्रेती(कलम) र सर्लाही ३(ख)बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेसका हरेश महतोलाई(रुख)चिन्हमा अत्याधिक मत दिई विजयी गराउन अनुरोध गर्दै बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुले हरिवन नगरपालिका ९ र १० को भेला सम्पन्न गरेका नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।


बाम लोकतान्त्रिक गठबन्धनले सर्लाहीको हरिवन नगरपालिका ९ र १० को भेलाबाट माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवम समानुपातिक उम्मेदवार रामेश्वर राय यादव र केन्द्रीय सदस्य एवम समानुपातिक माया बललाई गोलाकार भित्रको हँसिया हथौडामा समानुपातिक तर्फ मत पत्रमा मतदान गर्न माओवादी केन्द्रका नेताहरुले अनुरोध गरेका नेकपा(माओवादी केन्द्र) हरिवन नगर कमिटिका सचिव गौरी महतोले जानकारी दिए ।
बाम लोकतान्त्रिक गठबन्धनको हरिवन नगरपालिका ९ र १० को भेलाका वक्ताहरुले बाम लोकतान्त्रिक गठबन्धन राष्ट्रिय आवश्यक्ता रहेको बताएका छन् । संविधानको रक्षा,स्थिरता,संघिय लोकतान्त्रीक गणतन्त्रनेपालको रक्षा र समृद्धिका लागि बाम लोकतान्त्रीक गठबन्धन गरिएको माओवादी केन्द्रका स्थायी कमिटि सदस्य एवम समानुपातिक उम्मेदवार यादवले बताए । उनले राष्ट्रिय यथार्थको प्रकाशमा लोकतन्त्र,संविधान र विधीको शासन मार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपुर्तिका लागि  गठबन्धनको आवश्यकतालाई मनन् गरेर गठबन्धनका उम्मेदवारहरुरुलाई मतदान गर्न आग्रह गरे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech