Close This

नगरद्धारा पत्रकारलाई स्वास्थ्य सुरक्षा सामाग्री र प्रेस ज्याकेट सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१५ गते   ४४६ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिकाले नगरभित्र क्रियाशील पत्रकारहरुलाई पे्रस ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
बरहथवामा क्रियाशील १० जना पत्रकारलाई पे्रस ज्याकेट, स्यानिटाइजर, ग्लोब्स र सर्जिकल मास्क प्रदान गरिएको हो । नगर प्रमुख देवानन्द महतोले नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व जिल्ला सभापति कृष्ण स्माइलीलाई सो सामग्री हस्तान्तरण गर्नु भएको हो । केही दिनअघि नगरका क्रियाशील पत्रकारसँग कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सम्वन्धमा छलफल गर्दै नगर प्रमुख महतोले महामारीको समयमा जोखिम मोलेर रिपोर्टिङ गर्न क्रियाशील रहेका नगरभित्रका पत्रकारहरुलाई पनि सुरक्षाका सामग्री प्रदान गर्ने बताउनु भएको थियो ।
सो प्रतिवद्धता अनुसार सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख महतोले पत्रकारहरुलाई अहिलेको महामारी विरुद्धको अभियानमा निरन्तर सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech