Close This

५ करोडमा निर्माण हुने प्रशासनिक भवनको जग नै भत्कीयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२६ गते   १८७ पटक हेरिएको

 सर्लाहीको मलंगवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन भएको पाइएको छ । जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहिन भएको पाइएको हो ।
मलंगवा नगरपालिका २ को सिटिईभिटि कलेज र शिक्षा कार्यालयको अगाडि निर्माण सुरु भएको भवनको निर्माण कार्य गुणस्तरहिन र चरम लापरवाही भएको पाइएको हो । मलंगवा नगरपालिका आफैँले निर्माण सुरु गरेको प्रशासनिक भवनको निर्माण कार्यमा गुणस्तरहिन र चरम लापरवाही हुँदा समेत सरोकारवाला निकाय मौन देखिएको छ । 


भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग भई रहेको भएपनि मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह लगायत सरोकारवाला निकाय मौन देखिएका छन् । तर नगर प्रमुख साहका अनुसार आरसिसिको रिंङ्गमा इटा जडान गरेको स्थानमा केही समस्या आएको हो । त्यसलाई ठेकेदार कम्पनीले व्यावस्थापन गर्ने बताएको नगर प्रमुख साहले जानकारी दिनुभयो ।  पुर्वाधार विकास कार्यालय र मलंगवा नगरपालिकाको गरी कुल रु ४ करोड ९७ लाखको लागतमा बनने नगरपालिकाको प्रशासनिक कार्यालयको भवन तीनतले बन्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  होमनाथ सुवेदीले जानकारी दिनु भयो । बहुवर्षे केही कार्यक्रम अन्र्तगत ग्रागन शिवालय (जेभी) कम्पनीले निर्माणको काम गरि रहेको छ । 


प्राविधिक समस्याका कारण तीन तले भवनको जग भत्कीएको र तयसमा गुणस्तरहिन कार्यभन्दा पनि प्राविधिक कारण पर्खाल भत्कीएको साथै पर्खाल भत्कीनुनमा नगरपालिका जवाफ देही हुने निर्माण कम्पनीले जनाएको छ । नगरपालिकाले परिणम घट्ने भन्दै माटो अड्याउने गरी मात्र काम गर्न भनेको र सोही अनुसार काम गर्दा समस्या आएको कम्पनीका साईट प्रमुख सुनिल सुवेदीले बताउनु भयो ।
आफुले तिरेको करबाट भएको निर्माण कार्यमा गुणस्तरहिन काम भएको भन्दै निर्माण कार्य रोकेर सरोकारवाला निकायले स्थलगत निरीक्षण गरी सत्यतथ्य छानबिन गरि ठेकेदारलाई कार्यवाही गर्न स्थानीय बासिन्दाहरुले माग गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech