नेसपा सर्लाहीका पुर्व अध्यक्ष यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

343 Shares

सर्लाहीको मलंगवा नगरपालिका ५ का करिब सयौँ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।नेपाली कांग्रेस मलंगवा नगर समितिको आयोजनामा मलंगवा नगरपालिका ५ भाँडसरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेपाल समाजवादी पार्टी (नेसपा)सर्लाहीका पूर्व जिल्ला अध्यक्ष विनय यादवको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पार्टी सभापति एवम पुर्व मन्त्री नागेन्द्र कुमार राय, प्रदेश सभा सदस्य जंगिलाल रायका साथै मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव  लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।पछिल्लो समय नेपाली कांग्रेस सर्लाहीले जिल्लाका विभिन्न  स्थानहरुमा चाडपर्वहरुका साथै विभिन्न अवसरहरु पारेर जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रमहरु लगातार भई रहेका र नेपाली कांग्रेस प्रति धेरै नेता कार्यकर्ताहरुको आकर्षण बढेको नेपाली कांग्रेसका एक नेताले बताए ।

सम्बन्धित समाचार