ब्रम्हपुरीमा घरमा र पर्सामा कुखुरा फर्ममा बाढी पस्यो

452 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका २ स्थित एक घरमा मंगलबार राती परेको अविरल वर्षाले घर लड्दा ४ लाखको क्षति भएको छ।मंगलबार राती परेको अविरल वर्षाका कारण ब्रम्हपुरी गाउँपालिका २ स्थित लक्ष्मण गुप्ताको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 गुप्ताको टायलले छाएको कच्ची घर वर्षाको कारणले लड्दा घर भित्र रहेको अन्नपात,लताकपडा,चार वटा पंखा समेत गरि करिब रु चार लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

boilar-kukhura.webpत्यसैगरी, पर्सा गाउँपालिका १ स्थित सितलपुरमा रहेको गौरव पोल्ट्री फार्ममा पालिएका एक हजार भन्दा बढी कुखुरा हर्दी खोलामा आएको बाढीले बगाएको छ ।
मंगलबार राती परेको अविरल वर्षाका कारण हर्दी खोलामा आएको बाढी कुखुरा फार्ममा पस्दा एक हजार तीन सय बोईलर कुखुरा मरेका पर्सा गाउँपालिका १ सितलपुरको गौरव पोल्ट्री फार्मका सञ्चालक देवेन्द्र कुमार रायले जानकारी दिए ।वर्षाको कारण हर्दी खोलामा बाढी बढेपछि फार्ममा भेल पस्दा एक हजार दुई सय साना र करिब सय वटा ठुला बोईलर कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ भने ,तीन बोरा कुखुराको दाना गरि करिब एक लाख २३ हजार दुई सय बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार