नेकपा(एमाले)सर्लाहीले जेनजी आन्दोलनपछि विकसित भएको राजनीतिक घटनाक्रमको विषयमा बहसका लागि मंगलबार पालिका र कात्तिक २९ गते जिल्ला भेला आयोजना गर्ने भएको छ ।लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रीत भवनमा भएको जिल्ला कमिटीको सचिवालय बैठकले मंगलबार पालिका र कात्तिक २९ गते जिल्ला भेला आयोजना गर्ने निर्णय गरे अनुसार कार्यक्रम गर्न लागिएको नेकपा(एमाले) सर्लाहीका उपाअध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । उनका अनुसार मंगलबार सर्लाहीका २० वटै पालिकामा पालिका स्तरीय भेलासहित जनप्रदर्शन गर्ने र कात्तिक २९ गते बरहथवामा जिल्लास्तरीय भेला एवम जनप्रदर्शन गर्ने तयारी भएको छ ।
जिल्ला भेलामा राष्ट्रियस्तरका नेतालाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने र जेनजी आन्दोलनपछि पार्टीको कार्यदिशाबारे आम नागरिक र कार्यकर्तालाई प्रष्ट पार्न यस प्रकारको भेला आयोजना गरिएको नेकपा(एमाले) लालबन्दी नगर कमिटीका अध्यक्ष उज्वल कुमार कार्कीले बताए।उनका अनुसार पार्टीको आगामी मंसिर २७,२८ र २९ गतेका लागि काठमाडौंमा तय गरिएको ११ औँ महाधिवेशनको तयारीका लागि पनि पालिका र जिल्लास्तरको भेला आयोजना गरिएको हो ।