Close This

उखु उत्पादक किसानहरुको करोडौं रकम लिएर भागेका अग्रवाल पक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-१५ गते   १८६ पटक हेरिएको

र्लाहीको धनकौलमान रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई कारबाहीका लागि सर्लाही ल्याइएको छ ।  बुधबार साँझ त्रिपुरेश्वरस्थित आफ्नै घरबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई आज सर्लाही ल्याइएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि सर्लाही ल्याइएको  प्रहरी उपरिक्षक राठौरले  जानकारी दिनु भयो ।  उहाँका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई काठमाण्डौँमा पक्राउ गरिएको थियो । अग्रवालविरुद्ध रु १७ करोड माग दाबी गर्दै उखु उत्पादक किसानहरुले जाहेरी दिएका थिए । त्यसमध्ये उनले रु १२ करोड ६३ लाख ७२ हजार १९८ तिरिसकेका बुझिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।
‘उनी पक्राउ परेको खबर पाएपछि थप किसानहरुको पनि जाहेरी आउनसक्छ’, प्रहरी उपरिक्षक राठौरले भने, ‘ काठमाण्डौँमा पक्राउ परेका अग्रवाललाई सर्लाही ल्याइएको प्रहरी उपरिषक राठौरले जानकारी दिनु भयो । अग्रवाललाई बिहीबार साँझ करिब ८ः४५ बजे सर्लाही ल्याइएको उहाँको भनाई छ । उहाँकाअनुसार अब थप अनुसन्धान हुन्छ जति चाँडो किसानहरुले भुक्तानी पाउँछन त्यति चाँडै अग्रवाललले यो विषयमा उन्मुक्ती पाउँछन् तर उनि विरुद्ध ठगी,अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा मुद्धा रहेका कारण उनलाई थप कार्बाही प्रक्रिया अघि बढाइएको सर्लाही प्रहरीले जनाएको छ । 
आफूले उब्जनी गरेको उखुको भुक्तानी नपाएपछि आन्दोलन गर्न किसानहरु काठमाडौं सम्म पुगेर आन्दोलन समेत गरेका थिए । त्यसपछि गृह मन्त्रालयले चिनी उद्योगलाई पक्राउ गरेर भएपनि रकम असुल्ने निर्णय प्रक्रिया सुरु गरेको  थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech