सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले नागरिकताका सम्वन्धमा सरकारले नागरिकसमक्ष गरेको वाचा पूरा गरेको बताउनुभएको छ । शनिबार सर्लाहीको बागमती नगरपालिका ८ सोल्टी बजारमा आयोजित वृतह जनसभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
तराई मधेशको नागरिकतासम्वन्धी समस्या सम्वोधन गर्ने प्रतिबद्धता अनुसार नै नागरिकता विधेयक ल्याएर सरकारले वाचा पूरा गरेको उहाँले बताउनुभयो । ६ लाख बढी युवा नागरिकताविहीन रहेको अवस्थामा सरकारले नागरिकता विधेयक पास गराएर घाउमा मल्हम पट्टी लगाउने काम गरेको उहाँले चर्चा गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउने मंसिर पहिलो हप्तामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा हुने तयारी भएको पनि बताउनुभयो ।
राष्ट्रियता स्वाधीनता, राजनीतिक स्थिरता,विकास र समृद्धिका निम्ति छिमेकी दुई मुलुक भारत र चिनसँग सन्तुलित र राम्रो सम्वन्ध कायम राख्न आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले माओवादी केन्द्रले जनतालाई दिएको आश्वासन पुरा गर्ने बाटोमा निरन्तर लागि परेको बताउनु भयो ।
उहाँले सर्लाहीको बागमती नगरपालिकाले गरेको विकास विश्वभरका नेपाली जनताले थाहा पाएका र भोलीका दिनमा पनि माओवादी केन्द्रले जितेका स्थानिय निकायहरुको एक उद्धाहरणिय काम बागमती नगरपालिकाले गरेको बताउनु भयो । उहाँले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघिय शिक्षा ऐन चाँडै आउनेपनि बचाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापचि जवाहरलाल कुशबाह लगायत करिब १ हजार जना माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल)ले जानकारी दिनुभयो ।