सर्लाहीको बागमती सिँचाई आयोजनाले नहरमा पानी नछाड्दा धानको बिउ सुक्न थालेको किसानहरुले गुनासो गरेका छन्।पर्याप्त आकाशे वर्षा नभएको समयमा सिँचाई आयोजनाले पनि नहरमा पानी बन्द गरेपछि धानको बिउ सुक्न थालेको जिल्लाका किसानहरुले गुनासो गरेका हुन।धान रोपाइँको सुरसारमा रहेका जिल्लाका किसानहरु नहरमा पानी नआउँदा धानको बिउ सुक्न थालेपछि निराश भएका छन् ।
आयोजनाले सर्लाही र रौतहट दुवैतर्फका किसानहरुलाई सिँचाई सुविधा दिँदै आएको र केही दिनमै नहरमा पानी छाडिने आयोजनाका प्रमुख विलानन्द यादवले बताए।उनले केही दिनभित्रै सर्लाहीतर्फ पनि सबै नहरमा पानी सूचारु गरिने बताए।उनले अहिले पानीको खपत धेरै नभएकाले सम्बन्धीत क्षेत्रका कार्यालयहरुमा सम्पर्क गरे पानी छाड्न सकनिे समेत बताए ।
पहिला बिऊ राख्न पानी छाडिएको र उपभोक्ता समितिले असार २० गतेबाट पानी छाड्दा हुने निर्णय गरेर पठाएका र तर असार १५ गतेबाट पानी छाडिने र धानको बिऊ राख्नका लागि जेठ २० देखि २६ सम्म सर्लाहीतर्फका किसानका लागि पानी वितरण गगरिएको कार्यालय प्रमुख यादवले बताए।धान रोपाइँ पनि सुरु हुने बेला भएकाले सबै नहरमा पानी छाड्ने तयारी भई रहेको समेत उनले बताए ।