चर्को मूल्यबृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को चरणबद्ध आन्दोलन

3.4k Shares

नेत्र विक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  सर्लाहीले सरकारले पेट्रोलियम पदार्थ,एलपी ग्यास तथा खाद्यबस्तुमा गरेको मूल्यबृद्धि विरुद्ध सर्लाहीमा बिरोध प्रदर्शनसहित कोणसभा गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरोना माहामारीको मारमा परेका नेपाली जनतालाई थप मारमा पार्दै पेट्रोलियम पदार्थ,एलपी ग्यास तथा खाद्यबस्तुमा मूल्यबृद्धि गरेको भन्दै त्यसको विरुद्धमा सर्लाहीमा बिरोध प्रदर्शन,प्रचार,प्रसार सहित मशाल जुलुस निकालेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)  सर्लाहीका सेक्रेटरी कलम सुस्लिङले जानकारी दिनु भयो ।
बिरोध प्रदर्शन,प्रचार,प्रसार सहित मशाल जुलुसमा सर्लाही सेक्रेटरी सुस्लिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घका २ नम्बर प्रदेश इन्चार्ज पदम मगर, अखिल (क्रान्तिकारी) सर्लाहीका अध्यक्ष अर्पण पौडेल, लालबन्दी नगर इन्चार्ज नरबहादुर थापा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ सर्लाही जिल्ला सदस्य सर्मिला, युवा सङ्गठन नेपालका सर्लाही जिल्ला सदस्य तारा लामा लगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
बिरोध प्रदर्शन,प्रचार,प्रसार सहित मशाल जुलुस पछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्लाहीका सेक्रेटरी सुस्लिङले केन्द्रीय कार्यक्रम अनुसार मूल्यबृद्धि तत्काल फिर्ता नलिए सबै नागरिकलाई सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । उनले नेपाल बन्द सम्मको कार्यक्रम पूर्ण रुपमा सफल बनाउन जिल्लाका सबै नेता कार्यकर्ता र जिल्लाबासीलाई अपिल समेत गरेका छन् । 
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्लाहीका सेक्रेटरी सुस्लिङले संसदीय व्यवस्था नै असफल भैसकेका कारण जनता यसको मारमा परेको भन्दै संसदीय व्यवस्था खारेजी र विकल्पमा वैज्ञानिक समावादले मात्रै जनताको पूर्ण अधिकारको ग्यारेन्टी गर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थ,एलपी ग्यास तथा खाद्यबस्तुमा मूल्यबृद्धिगरेपछि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ । जसमा कार्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन,कार्तिक २६ गते प्रचार,प्रसार र साँझ मशाल जुलुस,कार्तिक २७ गते दिउँसो १ देखि २ बजे सम्म १ घण्टा देशव्यापी प्रदर्शन,कार्तिक २८ गते बिहान १० बजेदेखि ११ बजे सम्म १ घण्टा चक्काजाम,कार्तिक २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मशाल जुलुसका साथै कार्तिक ३० गते नेपाल बन्दको घोषणा गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेकोे छ । 

सम्बन्धित समाचार