सर्लाहीको हरिपुरमा लैगिंक उतरदायिक तथा जवाफदेही न्यायमा पहुच सुद्विढिकरण , लैगिंक हिंसा सम्बन्धि नीति तथा कानुन लगायतका बिषयमा ३ दिने आत्मारक्षा तालीम सुरु भएको छ ।

राष्ट्र निर्माण मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा हरिपुर नगरपालिका भित्रका १५ वटा विद्यालयका कक्ष १० सम्म पढ्ने प्रतिविद्यालय २ जनाका दरले ३० जना किशोरीहरुलाई लैगिंक उतरदायिक तथा जवाफदेही न्यायमा पहुच सुद्विढिकरण , लैगिंक हिंसा सम्बन्धि नीति तथा कानुन लगायतका बिषयमा ३ दिने आत्मारक्षा तालीम शनिबारबाट सुरु भएको हो ।
सहभागी किशोरीहरूलाई लैगिंक उतरदायिक तथा जवाफदेही न्यायमा पहुच सुद्विढिकरण , लैगिंक हिंसा सम्बन्धि नीति तथा कानुन लगायतका विषयमा मञ्चकी अन्जना शिवाकोटीले सहजीकरण गरि रहनु भएको छ ।

हरिपुर नगरपालिकाका नगर प्रमुख जमरुदिन मन्सुरको प्रमुख आतिथ्य तथा वडा नम्बर २ का वडा अध्यक्ष रिखेश्वर कडरियाको अध्यक्षतामा लैगिंक हिंसा सम्बन्धि ३ दिने आत्मारक्षा तालीम सुरु गरिएको मञ्चले जनाएको छ ।