मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,तीन जना घाइते

350 Shares

सर्लाहीको कविलासी नगरपालिका १० सलेमपुरमा दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।नवलपुर–मलंगवा सडकअन्तर्गत कविलासी नगरपालिका १० सलेमपुरमा शुक्रबार दिउँसो सलेमपुरको पिडारी चोकमा मलंगवाबाट कविलासीतर्फ जाँदै गरेको बीआर ३० ए एच ७६३० नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० ए एल ८२७८ नम्वरको मोटरसाइकल एक आसपमा जुध्दा चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।उनका अनुसार घाइतेमध्ये बीआर ३० ए एच ७६३० नम्वरको मोटरसाइकल पछाडि सवार चक्रघट्टा गाउँपालिका ८ औरही का अन्दाजी ५० वर्षीय विनोद राउतको शनिबार मृत्यु भएको हो ।
राउतको टाउको,नाक,चिउडो,दुवै हात र खुट्टामा चोट लागेको थियो ।घाईते राउतको न्यूरो अस्पताल वीरगञ्जमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राईले जानकारी दिए। उनका अनुसार उपचारका क्रममा मृत्यु भएका राउत सवार मोटरसाइकलका चालक चक्रघट्टा गाउँपालिका ८ औरही का अन्दाजी वर्ष ४० ओमशङ्कर साह र बीआर ३० ए एल ८२७८ नम्वरको मोटरसाइकलका चालक गोडैता नगरपालिका ७ जानकीटोलका रामसिंहासन राउतको वीरगन्जमा उपचार भईरहेको छ ।
रामसिंहासनले चलाएको मोटरसाइकल पछाडि सवार गोडैता नगरपालिका ७ का जानकीटोलका अन्दाजी वर्षका २० गुल्शन महतो प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि घर फर्किएका छन् । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार