सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेशका चार सय भन्दा बढी परिवारहरु लाभान्वित भएका छन्।महिला,विपन्न र सीमान्तकृत समुदायको अर्थाेपार्जनका लागि भन्दै यसियाली विकास बैँकको सहयोगमा मधेशका आठ जिल्लाका आठ पालिकामा सञ्चालित कार्यक्रमबाट चार सय तीन परिवार लाभान्वित भएका आयोजना प्रमुख रणधिर पाठकले जानकारी दिए ।
उनका अनुसार मधेशका एक सय ३६ वटा पालिकाहरु मध्य आठ जिल्लाका आठ पालिकाहरुमा ग्रामीण तथा सामुदायिक विद्युतीकरण कार्यक्रम अन्र्तगत महिला,विपन्न र सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिकस्तर उठाउन उद्यमशील बनाई अर्थाेपार्जनमा केन्द्रीत गराउन सन् २०२२ बाट परियोजना सुरु भएको थियो ।
यसियाली विकास बैँक,नर्वे सरकार र नेपाल विद्युत प्राधिकरणको साझेदारीमा सर्लाहीको बागमती नगरपालिका,सप्तरीको कञ्चनपुर नगरपालिका,सिरहाको लाहान नगरपालिका, धनुषाको बटेश्वर गाउँपालिका,महोत्तरीको बर्दिवास नगरपालिका,रौतहटको चन्द्रपुर नगरपालिका,बाराको कलैया उपमहा नगरपालिका र पर्साको पटेर्वा सुगौली गाउँपालिकामा सञ्चालित सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट चार सय तीन परिवार लाभान्वित भएका नेपाल विद्युत प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भु कुसियत यादवले बताए ।
उनका अनुसार महिला,विपन्न र सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिकस्तर उठाउन उद्यमशील बनाई अर्थाेपार्जनमा केन्द्रीत गराउदै जीविकोपार्जन गराउन,विद्युत भोल्टेज सुधार गर्न,प्रविधिको विकास गर्न र सिप तथा क्षमता विकास गर्दै उद्यमी बनाउन प्रात्साहन गर्ने योजना अनुसार सञ्चालित कार्यक्रमबाट चार सय तीन परिवार लाभान्वित भएका हुन ।
मधेशका आठ जिल्ला अन्र्तगत सप्तरीका ४८ परिवार,सिरहाका ५२ परिवार,धनुषाका ४७ परिवार,महोत्तरीका ५२ परिवार,सर्लाहीका ५० परिवार,रौतहट ५३ परिवार,बाराका ४८ परिवार र पर्साका ५३ परिवार गरी चार सय तीन परिवार सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट महिला,विपन्न र सीमान्तकृत समुदायको आर्थिक तथा सामाजिकस्तर उठाउन उद्यमशील बनाई अर्थाेपार्जनमा केन्द्रीत गराउन परियोजना सञ्चालन भएको थियो ।
विद्युतीकरण विकासको एउटा परिसूचकको रुपमा विकासको मूलधारबाट पछाडि परेका समुदायमा विद्युत् पहुँचले आफूहरू पनि विकासको गतिसँग जोडिएको अनुभूति भएको स्थानीयले बताए ।सरकारले बिजुली वितरणका लागि मात्रै यस्तो सामूहिक वा सहकारी संस्था बनाउने नभई स्थानीय तहमा नै लघु विद्युत् आयोजनाहरू निर्माण गर्न पनि प्राविधिक र आर्थिक सहयोग आवश्यक पर्ने लाभग्राहीहरुले बताए ।
उनीहरुका अनुसार ग्रामीण क्षेत्रमा हजारौं साना उद्योग खोल्न मद्दत पुग्ने साथै गरीबी निवारणमा सहयोग पु¥याएको छ।ग्रामीण विद्युतीकरणमा लागेका सहकारी संस्थाहरू सबल बन्नुपर्ने,विद्युत् महशुल उठाउने काम पारदर्शी बनाइनुपर्ने तथा सरोकारवालाहरू बीच सहकार्य हुनुपर्ने खाँचो देखिएको जानकारहरु बताउँछन् ।