कर्मैया खानेपानीको अध्यक्षमा पुनः काफ्ले सर्वसम्मत,१५ सदस्य कार्यसमिति चयन

198 Shares

सर्लाहीको बागमती स्थित रहेको कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पुनःहरिराम काफ्ले सर्वसम्मत घोषणा भएका छन्।आईतबारको छलफलमा सहमति भएपछि निर्वाचन कमिटीले काफ्लेको अध्यक्षमा नौ सदस्यीय समिति घोषणा गरिएको निर्वाचन समिति संयोजक विष्णु दाहालले जानकारी दिए ।उनका अनुसार काफ्लेको अध्यक्षतामा रहेको १५ सदस्य कार्यसमिति शनिवार कार्यकाल सम्पन्न गरी संस्थाको १८ औँ वार्षिक साधारण सभा पछि विघटन भएको थियो।त्यस लगतै निर्वाचन कमिटीले नेतृत्व चयनको लागि प्रकृया सुरु गरे पनि सहमति हुन नसक्दा आइतबारलाई निर्वाचन तय गरिएको थियो । 
पूर्व निर्धारित तालिका अनुसार आईतबार घनिभूत छलफल पछि सर्वसम्मती मै काफ्लेको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको निर्वाचन समिति संयोजक  दाहालले बताए । समितिको उपाध्यक्षमा भोजबहादुर राई,सचिवमा ब्यास दाहाल,सह सचिवमा अजय महतो, कोषाध्यक्षमा शुसिला खरेल सहित सदस्यहरुमा बेनी कुमार प्रधान,गौरीमान श्रेष्ठ,प्रकाश खत्री,कालिबहादुर भट्टराई र भगवान सापकोटा चयन भएका छन् ।१५ सदस्य समिति गठन हुने प्रावधान अनुसार बाँकी पाँच सदस्य आगामी संस्थाको पूर्ण बैठकले मनोनित गर्ने अध्यक्ष काफ्लेले जानकारी दिए । नव गठित समितिले आगामी तीन वर्ष कार्यभार सम्हाल्ने छ । 

सम्बन्धित समाचार