सर्लाहीको लालबन्दी नगरपालिका–१० चन्द्रपुरमा चिर्पट प्रहारबाट गम्भीर घाइते भएका पुरुषलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । स्थानीय अन्दाजी ४५ वर्षीय ध्रुव भुजेलले स्थानीय अन्दाजी ४० वर्षीय रमेश भुजेलमाथि चिर्पट प्रहार गरी गम्भीर घाईते बनाएका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका रमेशलाई लालबन्दी मोडल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार चिर्पट प्रहार ध्रुव भुजेललाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ ।भुजेल सहित उनले प्रहार गरेको चिर्पट समेत बरामद गरिएको छ ।प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवन गरी हो–हल्ला गरेको विषयमा विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएकोे छ।घटनाबारे थप अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जनाएको छ ।