२ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न

पत्र पत्रिका    प्रकाशित: २०७९-७-१२ गते   २४१ पटक हेरिएको

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र निर्वाचन आयोगले छपाइ सम्पन्न गरेको छ ।
कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका  कैलाली,कञ्चनपुर,अछाम, डोटी,डडेलधुरा,बझाङ,बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी आयोगले जनाएको छ ।
 यसैगरी यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र ढुवानी हुने साथै यी जिल्लामा अस्थायी मतदाताका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको  मतपत्र पनि ढुवानी आयोगले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech