Close This

लालबन्दी १७ मा प्रदेश कै सबै भन्दा ठुलो पुनस्थापना केन्द्र निर्माण गर्न छलफल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-८ गते   १७२९ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा मधेश प्रदेश कै सबै भन्दा ठुलो पुनस्थापना केन्द्र निर्माण गर्न छलफल गरिएको छ । लालबन्दी नगरपालिका १७ मा मधेश प्रदेश कै सबै भन्दा ठुलो पुर्नस्थापना केन्द्र निर्माण गर्न पहिलो चरणमा छलफल गरिएको हो ।
मधेश प्रदेशको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयको पहलमा हिंसा पीडित महिलाहरुको व्यावस्थापनका लागि मधेश प्रदेश कै सबैभन्दा ठुलो पुनस्थापना केन्द्र निर्माण गर्न पहिलो चरणको छलफल गरिएको लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष विष्णुहरी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार लालबन्दी नगरपालिका १७ स्थित रहेको महाकाली मठ व्यावस्थापन समितिको १ विघा ४ कठ्ठा जग्गामा सो जग्गा भोगचलन गरे वापत केही रकम दिएर मधेश प्रदेश कै सबैभन्दा ठुलो पुनस्थापना केन्द्र निर्माण गर्न छलफल गरिएको हो ।
छलफलको क्रममा महाकाली मठ व्यावस्थापन समितिको सो जग्गा ३० वर्षको लागि भाडामा उपलब्ध गराउने,सो जग्गाको भाडा वार्षिक २ हजार प्रतिकठ्ठाका दरले पाउनु पर्ने,हरेक ५ वर्षमा भाडामा १० प्रतिशत वृद्धि गरिेने, पुनस्थापना केन्द्रमा खटिने कर्माचारीहरुलाई मन्त्रालयले सबै प्रकारका सेवा सुविधा दिनु पर्ने, पुनस्थापना केन्द्र सञ्चालक समितिमा  महाकाली मठ व्यावस्थापन समितिको प्रतिनिधित्व रहनु पर्ने र मठको विधान अनुसार संस्थाको जग्गा भोगचलन वापत स्वामित्व दिन नमिल्ने लगायतका माग महाकाली मठ व्यावस्थापन समितिले मन्त्रालय समक्ष पेश गरेको समितिका अध्यक्ष तिलक बहादुर बल तामाङले जानकारी दिनु भयो ।
नेपाल सरकार,प्रदेश सरकार र यसियाली विकास बैँक(एडिवी)को आर्थिक सहयोगमा निर्माण गरिने भवनको सम्बन्धीत संस्था,नेपाल सरकार,प्रदेश सरकार र यसियाली विकास बैँक(एडिवी)संग विशेष छलफल गरेका काम सुरु गरिने महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमलीले बताउनु भयो ।
छलफल कार्यक्रममा यसियाली विकास बैँक(एडिवी)का प्रतिनिधिहरु,मधेश प्रदेश सरकारको महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि मन्त्रालयका सचिव विमली,पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,उप प्रमुख कल्पना पाख्रिन,लालबन्दी नगरपालिका १७ का वडा अध्यक्ष अधिकारी लगायत सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech