Close This

आजदेखि वीरगञ्जमै कोरोना परीक्षण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१ गते   ४१६ पटक हेरिएको

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले (आज)मंगलवारदेखि वीरगञ्जमै कोरोना परीक्षण हुने बताउनु भएको छ । मुख्यमन्त्री राउतले कोरोना संक्रमण परीक्षण गर्ने पीसीआर मेसिन (आज)मंगलवार वीरगञ्जमा र यसै साता राजविराजमामा जडान गर्ने बताउनु भएको हो  ।
कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले प्रदेशको अस्थायी राजधानी जनकपुर, प्रमुख व्यापारिक नगरी वीरगञ्ज र राजविराजमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने निर्णय गरेको थियो । (आज)मंगलवार वीरगञ्जमा र यही साताभित्र राजविराजमा ल्याब स्थापना गर्ने मुख्यमन्त्री राउतले कमलामाई खबरलाई जानकारी दिनु भयो ।
‘जनकपुरमा ल्याब सञ्चालनमा आइसकेको र वीरगञ्जमा समेत आजदेखी ल्याब सञ्चालनमा आउने उहाँले जानकारी दिनु भयो । कोरोनाको उपचारको लागि एक दुई दिनभित्र महोत्तरीको जलेश्वर र बाराको कलैया अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्ने उहाँले बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech