Close This

राजमार्ग अबराेध हटाउने तथा सडक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्न्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२९ गते   १८७ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले राजमार्ग अबराेध हटाउने तथा सडक  सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
सर्लाही लालबन्दी  नगरपालिका १  स्थित  कृषि यन्त्र परिक्षण  तथा अनुसन्धान केन्द्रको सभा हलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले राजमार्ग अबराेध हटाउने तथा सडक  सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । 
ट्राफिक प्रहरीले  राजमार्ग अबरोध हटाउने तथा सडक सुरक्षा सम्बन्धित गरेकाे जनचेतनामूलक कार्यक्रममा सर्लाहीका  प्रमुख जिल्ला अधिकारी थानेस्वर गाैतमले अध्यक्षता गर्नु भएको थियाे । प्रमुख जिल्ला अधिकारी गाैतमकाे अध्यक्षतामा जिल्ला भरिका विभिन्न सुरक्षा निकायका प्रमुखहरु, सडक विभागका प्रमुख लगायत यातायात व्यवसायी एवम ट्रक व्यावसायिहरुकाे सहभागीता रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech