जुनियर अधिकृतसम्मलाई २ लाखसम्म आपतकालीन कर्जा : आईजीपी कार्की

323 Shares

नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षक(आईजिपी)दान बहादुर कार्कीले जुनियर प्रहरी अधिकृत सम्मलाई आपतकालीन सहुलियत कर्जा दिने निर्णय गरेका छन्।वरिष्ठ सईसम्मको लागि प्रहरी कल्याण कोषबाट आपतकालीन कर्जा दिने निर्णय गरिएको प्रहरी महानिरीक्षक(आईजिपी) कार्कील्े बताए ।
उनका अनुसार आपतकालीन अवस्थामा दिइने सो कर्जा जवानदेखि वरिष्ठ सई सम्मले मात्र लिन पाउने छन्।कल्याण कोषबाट यसअघि कोटा प्रणालीबाट दिइँदै आएको रु पाँच लाख सहुलियत कर्जा जुनियर कर्मचारी र कम्प्युटर चलाउने क्षमता नभएकाहरूको पहुँचमा नभएको निष्कर्षसहित सो निर्णय गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निवेदनको आधारमा जुनियर अधिकृतसम्मलाई मापदण्ड बनाएर कर्जा दिने निर्णय प्रहरीको पोलिसी कोअर्डिनेशन कमिटीबाट पारित भएको छ।कार्यालयका अनुसार आपतकालीन अवस्थाको सो कर्जा डेढ वर्षभित्र तिरिसक्नुपर्ने कार्यविधि पारित गरिएको छ।प्रहरी संगठनमा अब्बल देखिएका प्रहरी महानिरीक्षक(आईजिपी)कार्कीले प्रहरी प्रमुखको कार्यभार सम्हाल्दै गर्दा उनी परीक्षाको घडीमा छन् ।

सम्बन्धित समाचार