Close This

मलंगवा नगरपालिकाको कुन वडामा कुन पार्टी निर्वाचित ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१४ गते   २३२३ पटक हेरिएको

जिल्लाको सबै भन्दा पुरानो मलंगवा नगरपालिकाको नगर प्रमुख र उप प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार नागेन्द्रप्रसाद यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उममेदवार निवर्तमान नगर प्रमुख निरसल साहले ४ हजार ६ सय ३९ मत प्राप्त गनृुभयो । यस्तै उप प्रमुखमा नेपाली कांग्रेसकै उम्मेदवार शकुन्तलादेवी साह ५ हजार १ सय ४३ मत प्राप्त गर्दै निर्वाचित हुँदा उहाँकी निकटतम प्रतिद्वन्द्वी जसपाकै पानोदेवीले ५ हजार १ सय ३९ मत प्राप्त गर्नुभयो । 
१२ वटा वडा रहेको मलंगवा नगरपालिकाको नम्बर १ मा नेपाली कांग्रेसका नवल किशोर यादव ४ सय २३ मत , वडा नम्बर २ मा नेकपा एमालेका धीरेन्द्र शाह ८ सय ६४ मत, वडा नम्बर ३ मा जसपाका प्रमोद कुमार यादव ८ सय ६६ मत, वडा नम्बर ४ मा जसपाका रविन्द्र राय ६ सय ७७, वडा नम्बर ५ मा नेकपा एमालेका मो.जुलफ फकार अलि ६ सय १३ मत, वडा नम्बर ६ मा जसपाका राम कैलास यादव ९ सय ३० मत, वडा नम्बर ७ मा नेकपा(माओवादी केन्द्र)का मो. इशा मिकरानी ६ सय ४७ मत, वडा नम्बर ८ मा जसपाका मुकेश कुमार जैसवाल ६ सय ७ मत, वडा नम्बर ९ मा जसपाका चन्देश्वर राय ५ सय १६ मत, वडा नम्बर १० मा जसपाका मुकेश कुमार झा ४ सय २८ मत, वडा नम्बर ११ मा नेकपा(माओवादी केन्द्र)का नन्द किशोर राय ५ सय ४३ मत र वडा नम्बर १२ मा नेपाली कांग्रेसका राम दरेश राय ६ सय ८८ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech