Close This

डिभिजन प्रमुख झाको कडा एक्सन, १६ घरमा छापा, सय क्यूफिट काठ बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-१२ गते   ४९६ पटक हेरिएको

महोतरीको बर्दिबास नगरपालिका १० खयरमारास्थित जंगली क्षेत्र नजिकको माधबटारे बस्तीबाट सालका करिव एक सय क्यूफिट बराबरका काठ डिभिजन वन कार्यालय महोत्तरीले नियन्त्रणमा लिएको छ । बर्दिबास नगरपालिका १० खयरमारास्थित जंगली क्षेत्र नजिकको माधबटारे बस्तीबाट सालका करिव एक सय क्यूफिट बराबरका २० थान गोलिया काठ तथा २२ थान चिरान काठ डिभिजन वन कार्यालय महोत्तरीले नियन्त्रणमा लिएको हो ।


‘वन संरक्षण एवम् चोरी तस्करी नियन्त्रण’ अभियान बनाएर डिभिजन वन कार्यालय महोतरीका प्रमुख सन्तोष झाको नेतृत्वमा सुरक्षाकर्मी र सशस्त्र वन रक्षकसहित खटिएको वनको टोलीले ७ घण्टा लगाएर बस्तीका १६ घरमा खन तलासी गरेको थियो ।
यस क्षेत्रमा संगठीत काठ तस्कर र वन कर्माचारी विच पटक पटक मुठभेड भएका कारण यो पटक छापामार्न विशेष तयारी गरिएको डिभिजन वन कार्यालय महोतरीका प्रमुख झाले बताउनु भयो । उहाँका अनुसार सशस्त्र, नेपाल प्रहरी र सशस्त्र वन रक्षकको टोली सहित पुगेको वनकर्मीको टोली देखेर काठ तस्कर घरछाडी भागेका थिए । घरमा असक्त बृद्ध र केटाकेटी मात्र रहेकाले काठ बरामद भए पनि तस्कर भने पक्राउ नपरेको डिभिजन प्रमुख झाले बताउनुभयो । 


वनकर्मीले उनीहरुको घरमा सूचना टाँस गरी खान तलासी गरेको थियो । अधिकांश काठ खेतबारी र वगैचामा लुकाइएको अवस्थामा फेला परेका डिभिजन वन कार्यालय महोतरीले जनाएको छ । चिरान काठ भने घरभित्रबाट बरामद गरिएको थियो । बरामद काठको प्रकृति हेर्दा करिब ६ महिना अगाडि स्थानीय निकायको निर्वाचनको समयमा कटान भएको वनकर्मीको अनुमान छ । यी काठ बस्ती नजिकका विभिन्न सामुदायिक वनबाट चोरी गरेको वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयले घट्नाको सघन अनुसन्धान गरी प्रतिवेदन बुझाउन बाँके सव डिभिजन वन कार्यालयका अधिकृत नवीनकुमार यादवलाई अनुसन्धान अधिकृत तोकेको छ । प्रतिवेदनका आधारमा फरार काठ तस्करको पहिचान गरी कारबाही गरिने डिभिजन प्रमुख झाले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech