Close This

लकडाउन अवज्ञा गरेको भन्दै स्थानियद्धारा बाटो बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-३० गते   ४४० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगपालिका स्थित परवानीपुरका स्थानियबासीले कालिञ्जोर खोला हुँदै सिन्धुली छिर्ने बाटो बन्द गरेका छन । हाल बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) को विरुद्धमा सरकारले घोषणा गरेको लकढाउनलाई अटेर गरि अप्रत्यासित रुपमा मानीसहरुको आवतजावत भई रहेको भन्दै स्थानियबासीले बाटो पुर्ण रुपमा बन्द गरेका हुन । सर्लाहीको उत्तरतर्फ पर्ने ग्रामिण क्षेत्र लालबन्दी नगरपालीका १५ परवानीपुर चोक देखि सिन्धुलीको सिमाना चुरे सम्मका स्थानियबासीले बाटोमा रुख ढालेर बाटो अवरुद्ध गरेका हुन । 
सरकारले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आह्वान गरेको भएपनी अटेर गरि उक्त क्षेत्रमा मोटरसाईकल, अटोरिक्सा तथा कारको आवतजावत अत्यधिक बढेपछि बाटो बन्द गर्नुपरेको स्थानिय युवा मंगल स्याङ्तानले बताउनु भयो । स्याङ्तानका अनुसार खोलामा माछा मार्न, फुर्सदको समयमा घुम्न तथा रमाईलो गर्न समुह बनाएर अपरिचित मानिसहरु खोला तथा आसपासका गाउँहरुमा पुग्ने गरेका छन । पछिल्लो समय कालिञ्जोर खोलाको बाटो भएर लागुऔषधको समेत ओसार पसार हुने गरेको स्थानियबासीले बताएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech