सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकाली सिमानाकाबाट प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा भारतको सोनवर्षाबाट नेपाल तर्फ आई रहेको विआर ३० एक्स ५५४४ नम्बरको भारतीय मोटरसाईकलमा सवार एकजनालाई स्रोत नखुलेको रकम सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको सितामढी थाना कन्हौली ग्राम पंचायत रामनगरा ११ बस्ने वर्ष अन्दाजी ३० का बिजय ठाकुरलाई स्रोत नखुलेको रक रु ५ लाख १९ हजार ५ सय सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको रु ५ लाख ११ हजार ५ पाँच सय र भारु ५ हजार गरी कुल ५ लाख १९ हजार ५ सय,१ थान मोवाईल फोन फेला पारी सो रकम,मोवाईल फोन तथा मोटरसाईकल समेत बरामद् गरिएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनु भयो । पक्राउ परेका ठाकुरमाथी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीकबा प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो ।