Close This

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा मेयर प्रसाईले गरेका प्रयासहरु

पत्र पत्रिका    प्रकाशित: २०७७-१-३ गते   ६८२ पटक हेरिएको

सर्लाही, हरिवन यतिखेर आफ्नो व्यक्तिगत र निजि जिवनलाई थाती राख्दै आफ्नो ज्यानको कुनै पर्वाह नगरी कोरोना भाइरस(कोभिड-१९) विरुद्धको अभियानमा निरन्तर मैदानमा हुनुहुन्छ हरिवन नगरपालिकाका प्रमुख/मेयर गणेश प्रसाई। विश्व कोभिड-१९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नेपाल सरकारले पहिलो चरणमा अपनाएको सुरक्षा सतर्कताको समय देखी नै त्यसको कार्यान्वयन पक्ष र संक्रमणबाट बच्न अपनाउनु पर्ने सतर्कताको बारेमा नगर वासीलाई सचेत गराउन गाउँ गाउँमा हुनुहुन्छ नगर प्रमुख गणेश प्रसाई। जनताहरुको आधारभुत स्वास्थ्यको ग्यारेन्टी गर्नु र संक्रमण बाट बचाउनु पहिलो जिम्मेवारी नगर प्रमुख गणेश प्रसाई माथी रहेको छ। बिरामीको प्रत्यक्ष सम्पर्कमा रहने र उपचारमा संलग्न रहने स्वास्थ्यकर्मीहरु नै आफुंहरु असुरक्षित रहेको महसुस गरिरहेका र त्यही अनुरुप विश्व बजारमा अभाव रहेको र नेपालमा त झन उपलब्ध नै नरहेको अवस्थामा पनि नगर प्रमुख गणेश प्रसाईले आफ्नो व्यक्तिगत विभिन्न माध्यमबाट केहि मात्रमा व्यक्तिगत सुरक्षा समाग्री PPE खरिद गरेर नगर भित्र स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गर्नु भएको छ। त्यसै गरि गाउँगाउमा सुरक्षा गस्ती बढाएर नगर प्रमुख स्वयं गाउगाउमा पसेर नागरिकलाई उच्च सुरक्षा रणनीति अपनाउन आग्रह गर्नु भएको छ।

त्यसैगरी कोभिड-19 को पुर्व तयारी अनुरुप संकास्पद व्यक्तिहरूलाई राख्नका लागि ३५ बेडको क्वारेन्टाइन तयार गरिएको छ। जहाँ आवश्यक पर्दा २४ सै घण्टा स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्न सक्ने गरि MBBS डाक्टर समेत उपलब्ध गराइएको छ। लकडाउनको समयमा बजारमा हुन सक्ने कालो बजारी सम्भावित कृत्रिम अभाव र जम्माखोरिलाई ध्यानमा राखेर बजारमा स्थानिय सुरक्षा निकायका प्रतिनिधि र नगरपालिकाको कर्मचारी सहित ४ जना रहने गरि उपभोक्तालाई कुनै समस्या नपरोस् भनेर सहयोगको लागी सहायता कक्ष समेत संचालन गरिएको छ। नगरको स्वास्थ्य अवस्था बुझन र नगर वासीको स्वास्थ्य जाचको लागी स्वास्थ्यकर्मीहरु, सुरक्षा निकायका प्रमुखहरु सहित आफैं स्वयं जनताको स्वास्थ्य परिक्षणको लागी गाउगाउमा गएर परिक्षण गर्न सुरु गरिएको छ। कोहि व्यक्ति बाहिर बाट आएको भए तिनीहरुको स्वास्थ्य जाच गराई आवश्यक सतर्कता अपनाएर घरमै सुरक्षित रुपमा भिन्दै बस्ने व्यवस्था मिलाइएको छ, सुरक्षीत बस्न र कोहि व्यक्ति संग पनि सम्पर्कमा नरहन आग्रह गरिएको छ। नगर भित्र बाहिरबाट आउने व्यक्तिहरूको पुर्ण रुपमा विवरण राखिएको छ र निरन्तर स्वास्थ्य निगरानीमा राखिएको छ। नगर भित्र उच्च सुरक्षा सतर्कता अपनाउंदै यस संक्रमणबाट केहि हद सम्म बच्न र गर्मि याममा पैदा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्यसबाट बच्न प्रदेश मै पहिलो रहि नगर क्षेत्र भित्रका सम्पुर्ण वडा, बजार, गाउँ र घर घरमा नगर प्रमुख स्वयंको सक्रियता र उपस्थितिमा थप संक्रमणबाट जोगिन किटाणु नष्ट गर्ने क्लोरिन हाइड्रो अक्साइड सहितको डिसईन्फेक्सन औषधि छर्किइएको छ। जसले गर्मी मौसममा हुन सक्ने थप संक्रमणबाट बच्न र बचाउन मद्दत गर्ने विश्वास गरिएको छ। हाल विश्वका विकसित तथा अल्पविकसित सम्पुर्ण राष्ट्रहरु कोरोना महामारीबाट गुज्रिरहेका छन, नेपाल पनि त्यो संक्रमणबाट धेरै टाढा रहन सकेको छैन। यसै सन्दर्भमा नेपाल सरकारले कोभिड-१९ को महामारी केहि हद सम्म रोक्न त्यसको संक्रमणबाट बच्नका लागी देशलाई पुर्ण रुपमा लकडाउन गरेको छ। देशका उद्योग कलकारखाना, शिक्षण संस्था, व्यापार व्यवसाय, यातायातका साधन र सम्पुर्ण किसिमका बजारहरु समेत पुर्ण रुपमा बन्द गरिएको छ। अहिलेको वास्तविक अवस्था हेर्ने हो भने जनताहरु खानका लागी भन्दा पनि बढी संक्रमणबाट चै बच्नु पर्छ भनेर पहिलो उद्देश्य चै रोग संगको संघर्षमा रहनु पर्ने अवस्था छ। हरिवन भित्र लकडाउनले दैनिक ज्याला मजदुरी गरेर जिबन निर्वाह गर्ने, जिबन संचालनको अरु कुनै विकल्प नभएका वास्तवमा गरिखाने वर्गका परिवारलाई सबै भन्दा बढी असर गरिरहेको छ। एकथरी जनता संक्रमण विरुद्ध संघर्षमा छन भने निम्न वर्गीय जनताहरु संक्रमण संगसङ्गै भोकमरी संग पनि संघर्षमा रहन बाध्य भएका छन। यही अवस्थालाई मध्य नजर गर्दै जनतालाई स्थानिय सरकार रहेको अनुभुती गराउन र केहि हद सम्म राहत महसुस गराउन राहत वितरणको लागि हरिवन नगरपालिकाले एउटा छुट्टै “प्रकोप व्यवस्थापन विकास कोष” खडा गरेको छ। कोष नगर प्रमुख गणेश प्रसाईले आफ्नो व्यक्तिगत रु५०००० जम्मा गरि स्थापना गर्नु भएको छ। कोषमा उप-प्रमुख रेणुका पौडेलले रु५००००, जनप्रतिनिधिहरुले पहिले प्राप्त गरेको एक महिना बराबरको सेवा सुबिधा र नगरपालिका भित्र कार्यरत सम्पुर्ण कर्मचारीहरुले एक दिन बराबरको तलब कोषमा योगदान गरेका छन।

 

 

 

 

 

जनताको सहयोग, जनता कै लागी नाम दिइएको सो कोषमा सकेको सहयोग गर्न नगर प्रमुख प्रसाईले सम्पुर्ण संघ संस्था, उद्योगी, व्यवसायी, व्यापारी, राजनीतिक दल, नागरिक समाज, देश तथा विदेशमा रहेका नेपालीहरु, सहयोगी संस्थाहरु र आम नगर वासीमा आव्हान गर्नु भएको छ। नगर प्रमुखको आव्हान संग संगै आम नागरिकहरु सहयोगमा नगर संग हातेमालो गरिरहेका छन, सहयोग रकम धमाधम जुटिरहेको छ भने हाल सम्म लगभग रु ३५००००० लाख सहयोग रकम जुटिसकेको छ। राहत प्रदान गर्नु पर्ने खालका नगर भित्र ४५०० घर धुरी रहेको छ। यही कोषबाट नगरपालिकाले राहत वितरण गर्न नगर भित्र राहत वितरण गर्नु पर्ने स्थितिका परिवारको विवरण संकलन सम्पन्न गरेर प्रत्येक परिवारलाई खाद्यान्न सहितको २५ के.जि चामल, २ के.जि दाल, १ के.जि नुन, १ के.जि तेल, ३ के.जि आलु, साबुन, मास्क र सेनिटाइजर सहित गरेर राहत वितरण गरेको छ। जनताहरुको दुख सुख मा संग संगै रहने र प्रत्यक्ष सम्पर्कमा रहने भएकाले नगरपालिकालाई स्थानिय सरकार भन्ने गरेको र त्यसको अनुभुती जनताले गर्ने गरि आंफुले काम गरिरहेको समेत मेयर प्रसाईले बताउनु भएको छ। लकडाउनको कारण कोहि पनि आफ्ना नागरिक भोक भोकै मर्न नदिने समेत प्रमुख प्रसाईले प्रतिबद्धता जनाउनु भएको छ।

स्वास्थ्य कर्मी र सुरक्षा कर्मि सम्मीलित घुम्ती टोलि गठन गरि घर आगनमै स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था। लकडाउनको कारण व्यवसाय, बजार ठेक्कामा पर्न गएको असरलाई मध्यनजर गरि कर छुटको व्यवस्था । नगरले गरेको राहत वितरणको अनुगमन गर्न सर्वदलीय अनुगमन समितिको गठन। नगर भित्रका बडी मान्छेको आवत जावत हुने क्षेत्रमा हात धुने व्यवस्था । कोरोना बाट सतर्क रहन विभिन्न सन्देशमुलक सामाग्रीको सम्प्रेषण । राजमार्गमा भोक भोकै हिडिरहेका बटुवाहरुलाई नि:शुल्क खानाको व्यवस्था। नगर भित्रका खाद्य गोदाममा बाकी खाद्यान्नको लगत संकलन गरि जनतालाई खाद्यान्नमा ढुक्क रहन का लागी सार्वजनिक। प्रत्येक ११ वटै वडा बाट दैनिक स्वास्थ चेकजाँच विवरण प्रकासन। यदि कसैलाई खाद्यान्नको अभाव भएमा वा उसले खरिद गर्न नपाएमा वडा अध्यक्ष मार्फत जानकारी गराएमा नगरको तर्फबाट घरमै खाद्य सामाग्री ढुवानी गर्ने व्यवस्था। कसैले स्वास्थ्य सम्बन्धि जानकारि लिनु पर्यो वा कसैलाई स्वास्थ्यमा समस्या परेमा २४ सैनिक घण्टा सेवा दिने गरि तुरुन्तै घरमा पुग्ने क्विक रेसपोन्स टिमको गठन गरि घर घरमा पुगेर स्वास्थ्य सेवा प्रदान । कसैलाई ज्वरो आएर उपचार पश्चात् पनि ज्वरो कम नभएमा नगरपालिकाले नि:शुल्क रुपमा एम्बुलेन्स मार्फत काठमाडौ पठाउने व्यवस्था ।www.palpalonline.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech