सर्लाहीमा बेग्ला बेग्लै स्थानमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । खोलाले बगाउँदा लालबन्दी नगरपालिका ४ बस्ने १९ वर्षिय बिशाल गोले गएको ४ गते खोलामा पौडि खेल्न गएका थिए । सर्लाहीको ईश्वरपुर नगरपालिका ४ मा रहेको अम्बेमा खोलामा पौडि खेल्न गएका युवक ३ दिन पछि बुधबार मृत अवस्थामा फेला परेका सर्लाही प्रहरीले जनाएको छ ।
गोलेलाई बाढिले बगाए पछि बेपता भएका थिए । सागरनाथ वन विकास परियोजनाका कर्माचारीहरुको लागि निर्माण गरिएको लेवर हाउस नजिक खोलाको बगरमा घोप्टो परेको अवस्थामा गोलेको शव भेटिएको ईलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी प्रमुख निरीक्षक बिरेन्द्र राज गुरुङले जानकारी दिनु भयो ।गोलेको शव पोष्टमार्टम लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी ईश्वरपुरमा एक युवकको मृत्यु भएको छ भने रामनगर गाउँपालिकामा एक वृद्धको ज्यान गएकोे छ । रामनगर गाउँपालिकामा पनि एक जना वृद्धलाई खोलाले बगाउँदा वृद्धको मृत्यु भएको हो ।
राम नगर गाउँपालिका ६ मलघाटामा रहेको कुण्डि नहरको लच्का तर्ने क्रममा सोही वडा बस्ने ४५ वर्षिय बजेन्द्र झाँलाई बुधबार खोलाले बगाउँदा बेपता भएका थिए ।
बेपता भएका झालाई प्रहरीले खोज्दै जादाँ खोलाबाट ५ सय मिटर दक्षिण मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनुभयो ।मृतक झाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।