सर्लाही प्रहरी आक्रामक बन्दै,अवैध गतिविधि गर्नेहरुको निदहराम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-७ गते   १७९२ पटक हेरिएको

जिल्ला प्रहरी कायर्यालय सर्लाहीले आर्थिक वर्ष २०७८÷०७९ मा लागु औषधका १ सय २६ वटा मुद्धा दर्ता गरेको छ भने १ सय ७५ जना पक्राउ प्रतिवादीहरु नियन्त्रणमा लिएको छ । विभिन्न किसिमका लागु औषध ओसार पसार तथा प्रयोग कर्ता गरी १ सय २६ वटा लागु औषधका मुद्धा दर्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनुभयो । 
डाइजीपाम,नोरर्फिन र फेनार्गन गरी ८ सय ४ एम्पुल,नाट्राभेट र निटजाकर गरी १ हजार ८ सय ६२ ट्याबलेट,डाइलेक्स डिसी,वाईनरेक्स,कोविडोल र कोरेक्स गरी ३ हजार ७ सय २७ बोतल,स्पास्मोप्रभिन ४० क्याप्सुल,गाँजा ८ सय ८९ किलो ७४ ग्राम र चरेश ११ किलो १ सय ग्राम प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनु भयो ।
त्यसैगरी ज्यान मार्ने उद्योग अन्र्तगत २५ जनालाई नियन्त्रणमा लिएको साथै ८ जनालाई अपहरण मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनु भयो ।उहाँका अनुसार अपहरण मुद्धामा ६ जना पुरुष र २ जना महिला रहेका छन् ।
जिल्ला भरमा आर्थिक वर्ष २०७८÷०७९ मा ४४ जना विरुद्ध सवारी ज्यान मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । भारतसंग खुल्ला सिमाना जोडिएका कारण पनि नेपालमा कुनै अपराध गरेपछि भारतमा लुकिछिपी बस्ने गरेका कारण पनि अपराधिहरुलाई अपराध गर्न र लागु औषध ओसार पसार गर्न सहज भएको प्रहरीले जनाएको छ । तर सर्लाही प्रहरी व्यावसायीक रुपमा लागेका कारण त्यस्ता गतिविधि गर्नेहरुको निदहराम भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech