सर्लाहीको हरिवन नगरपालिका ८ मा रहेको महादेव जनता नमूना माविले हरिवनका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । हरिवन नगरपालिका ८ मा रहेको महादेव नमुना माविले हरिवन नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।
महादेव नमुना माविकोे प्रांगणमा आयोजित समारोहमा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)सहित वडाध्यक्ष र वडासदस्यहरुलाई प्रशंसा पत्रसहित दोसल्ला ओडाएर सम्मान गएिको प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालय व्यवस्थापन समितिका निवर्तमानअध्यक्ष र सल्लाहकारहरुलाई पनि सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यालयले सञ्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई नगर प्रमुख बुढाथोकीले पुरस्कार वितरण गर्नु भएको नगर प्रमुख बुढाथोकीका स्वकीय सचिव गौतम महतोले जानकारी दिनुभयो ।
कृषि प्राविधिक तर्फ समेत पढाई भईरहेको विद्यालयमा हाल करिब २ हजार विद्यार्थी अध्ययनरत रहेका विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा बाल कक्षादेखि १२ कक्षासम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन हुँदै आएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यालयमा विद्यार्थीको चाप वढ्दै आएको विद्यालयका प्रधानाध्यापक सिंहले बताउनु भयो ।
यता, नगर प्रमुख बुढाथोकीले सामुदायिक विद्यालयको शिक्षा सुधारमा नगरपालिकाले गर्न सक्ने सबै सहयोग गर्ने बताउनु भयो ।