सर्लाहीको ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका घुमुवा सहायक हबल्दार अर्जुन सिंहलाई स्थानीय किशोरीहरुले कुटपिट गरेका छन् । ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका घुमुवा सहायक हबल्दार सिंह मधिरामा लठ्ठ भएर इश्वरपुर नगरपालिका ७ स्थित सिकेन्द्र सिंह दनुवारले सञ्चालन गरेको दिदी बहिनी होटल एण्ड सेकुवा कर्नरमा भदौ ११ गते मंगलबार राति करिब ११ बजे पुगि त्यहाँ रहेका किशोरीहरुलाई जवरजस्ति करणी गर्न खाेजेपछि किशाेरीहरुले राम धुलाई हानेका पाईएकाे छ ।
इश्वरपुर नगरपालिका ७ स्थित सिकेन्द्रले सञ्चालन गरेको दिदी बहिनी होटल एवड सेकुवा कर्नरमा भदाै ११ गते राति करिब ११ बजे गएका ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी सहायक हबल्दार/घुमुवा सिंहले हाेटलकाे ढाेका खाेल्न भन्दा किशोरीहरुले नमानेपछि हाेटलकाे पछाडिबाट हाेटल भित्र प्रवेश गरि किशोरीहरुलाई जवरजस्ति करणी गर्न खाेजेपछि किशाेरीहरुले राम धुलाई हानेका स्राेतले बताएको छ ।
स्राेतका अनुसार घाइते सहायक हबल्दार सिँहलाई भदौ ११ गते मंगलबार राति करिब १२ बजे इश्वरपुर नगरपालिका ७ स्थित रहेको जय सिद्दि विनायक पाेलि क्लिनिकमा लगि उपचार गराईएकाे र हाेटलका सञ्चालक सिकेन्द्रलाई ईलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले नियन्त्रणमा लिएर भदौ १२ गते बुधबार बिहान छाडेकाे पाईएकाे छ ।
ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी सहायक हबल्दार घुमुवा सिंहले साे हाेटलमा गैर कानुनी धन्दा( देह व्यापार) गर्न दिएर मासिक रु २५ हजार ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरिक्षक मान प्रसाद श्रेष्ठकाे नाममा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी सहायक हबल्दार/घुमुवा सिंहले कमिसन असुल्ने गरेका स्राेतकाे दाबी छ ।
ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी सहायक हबल्दार/घुमुवा सिंहको किशोरीहरुकाे कुटाईका कारण मुख सहित शरिरका विभिन्न भागमा घाउँचोट लागेकाे छ । ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी सहायक हबल्दार/घुमुवा अर्जुन सिंह विगत करिब ८ वर्षदेखि ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासकाे सञ्चार शाखामा कार्यरत रहेका उनी करिब ४ महिनादेखि घुमुवाको रुपमा काम गरि कमिसन असुलीमा लागेका छन् । साे विषयमा ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवास र जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी भएको भए पनि बेखबर देखिएका छन् ।यता,साे समयमा हाेटलमा भएको गतिविधिकाे भिडियाे र फाेटाे ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख एवम प्रहरी नायव उपरीक्षक श्रेष्ठले हटाउन लगाएका हाेटल सञ्चालक सिकेन्द्रले बताए ।