अनलाईन अपडेट भएका भूमि सम्बन्धी सेवा अब इश्वरपुर नगरपालिकाबाटै

173 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकाले पनि भूमि व्यवस्थापन तथा नापी शाखा सम्बन्धी सेवा संचालनमा ल्याएको छ।इश्वरपुर नगरपालिका भित्रको जग्गासम्वन्धी सम्पूर्ण सेवा बयलवासस्थित नगरपालिका कार्यालयबाटै प्रदान गर्ने उद्देश्यसहित भूमि व्यवस्थापन तथा नापी शाखा स्थापना गरि सञ्चालनमा ल्याइएको नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिए ।उनका अनुसार जग्गा अनलाइनमा अपडेट भइसकेका सेवाग्राहीहरुले अब नगरपालिका कार्यालयबाटै जग्गा किनबेच सहितको सेवा लिन सक्ने छन् ।नगर प्रमुख आचार्य,उप प्रमुख रन्जितादेवी चौधरी सहित भूमि प्रशासन कार्यालय हरिवनका प्रमुख उदयप्रसाद देवकोटाको विशेष उपस्थितिमा नगरपालिकाबाटै भूमि सम्बन्धी सेवा प्रवाह गर्न सुरु गरिएको हो ।
भूमि सम्बन्धी सेवा सुभारम्भ कार्यक्रममा उपस्थित भएका भूमि प्रशासन कार्यालय हरिवनका प्रमुख देवकोटाले हाल करिब ६० प्रतिशत जग्गा अनलाइनमा अपडेट भइसकेकाले ईश्वरपुर नगरपालिका भित्रका त्यस्ता सेवाग्राहीहरुले जग्गा सम्वन्धि काम लिएर अब हरिवन तथा मलंगवा धाउनु नपर्ने बताए।तर अनलाइनमा अपडेट नभएका सेवाग्राहीहरुले भूमि सम्बन्धी सेवा लिँन साविकको मालपोत तथा नापी कार्यालय हरिवन तथा मलंगवा नै जानुपर्ने उनले बताए।अनलाइन दर्ता गराएपछि अन्य सेवा लिनका लागि भने इश्वरपुर नगरपालिकाको कार्यालय नै फर्कनुपर्ने देवकोटाले बताए ।

सम्बन्धित समाचार