मधेश प्रदेशमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।गत वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको कृषि विकास निर्देशनालय मधेश प्रदेशका सूचना अधिकारी सुदिप चौधरीले जानकारी दिए ।उनका अनुसार गत वर्षको तुलनामा यस वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको हो ।
मधेश प्रदेशका आठ जिल्ला मध्य सबै भन्दा धेरै सप्तरी धान उत्पादन भएको छ भने सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको कृषि विकास निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन, सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन,रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन,धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको निर्देशनालय मधेश प्रदेशले जनाएको छ ।
त्यसैगरी, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन,महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन,सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको छ। यस वर्ष समयमै पानी पर्नुका साथै मल,बिऊ उपलब्ध भएकाले यस वर्ष धान उत्पादन बढेको हो ।